ताजा खबर
  

कर्णालीका प्रदेश प्रमुख र मुख्यमन्त्री बीच भेटवार्ता

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच मंगलबार प्रदेश प्रमुखको कार्यालयमा भेट भएको छ ।

भेटको क्रममा प्रदेश प्रमुख कलौनीले हाल महामारीको रुप लिएको कोभिड–१९ रोगको नियन्त्रण र प्रतिकार्यको लागि प्रदेश सरकारले गरिरहेका प्रयास र गतिविधिको बारेमा चासो व्यक्त गरेका छन् । उक्त अवसरमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, विभिन्न अस्पतालहरु तथा स्थानीय सरकारसँग सहकार्य गरी कोभिडको महामारी फैलिन नदिनेगरी प्रयासहरु गरिरहेको बताए ।

 


मुख्यमन्त्री शाहीले कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचार, प्रतिकार्य तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश सरकारले प्रर्याप्त बजेट विनियोजन गरेको जानकारी समेत दिए । प्रदेश सरकारले कोभिड रोकथामका लागि विनियोजन गरेको कुल बजेटमध्ये आधा अर्थात् ५० करोड विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाएको शाहीको भनाई छ ।

त्यस्तै प्रदेश प्रमुख कलौनीले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले गरिरहेको काम सन्तोषजनक रहेको बताउँदै चेकजाँचको दर बढाउन र संक्रमितहरुलाई उपचार गरी जीवन बचाउने सवालमा कुनै कसर बाँकी नराख्नेगरी संयन्त्रहरु परिचालित गर्न सुझाव दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार