ताजा खबर
  

हप्तामा तीन दिन मात्र अत्याआवश्यक पसल खोल्न पाइने

दिनेश बुढा

सुर्खेत । जिल्ला प्रशासन कार्यालयले बैषाख १४ गतेबाट जारी गरेको निषेधाज्ञा फितलो भएको भन्दैँ हप्तामा तीनदिन मात्र अत्यआवश्यक पसल खोल्न आग्रह गरेको छ । दैनिक पसलहरु खोलिने भएकाले भिडभाड धेरै भई संक्रमण दर बढेको भन्दैँ प्रशासनले जेष्ठ १ गते देखि हप्तामा आइतबार, मंगलबार र बिहिवारमा खुला गर्ने व्यापारीलाई आग्रह गरेकको हो ।

बैशाख २७ गते सुर्खेतका प्रजिअ छविलाल रिजालको अध्यक्षतामा बसेको कोभिड–१९ संकट यवस्थापन केन्द्रको बैठकले यस अघि बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र दैनिक उपभोगका सामान किनबेचका लागि खुला गरिएकोमा तरकारी तथा खाद्यान्नका पसलहरू दैनिक रुपमा खोल्दा भिडभाड भै संक्रमण फैलन सक्ने जोखिम बढेको भन्दैँ तरकारी, फलफुल तथा दुध बाहेकका अन्य खाद्यान्नका पसलहरु तोकिएको समयमा खोल्नु पर्ने निणर्य गरेको हो ।

उक्त बैठकले जिल्लाका भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकबेशी नगरपालिका र सिम्ता गाउँपालिका क्षेत्रमा कोभिड–१९ को उपचारको क्रममा मृत्यु हुने व्यक्तिहरुको शवको अन्तिम संस्कारका लागि नेपाली सेनालाई आवश्यक पर्ने एक थान जीप ईन्धन सहित चारवटा स्थानीय तहले संयुक्त रूपमा उपलब्ध गराउने, यसरी उपलब्ध हुने जीप नेपाली सेनाको छिन्चुस्थित ब्यारेकमा स्ट्याण्डबाइ राख्ने निणर्य समेत गरेको छ ।


यसका साथै, उल्लिखित स्थानीय तहमा कोभिड– १९ को उपचारको क्रममा मृत्यु हुने व्यक्तिहरुको अन्तिम संस्कारको लागि निर्धारित ठाउँसम्म शव लैजाने प्रयोजनका लागि आवश्यक पर्ने सवारी साधन चालक सहित आवश्यक परेको बेला मात्र सम्बन्धित स्थानीय तहले उपलव्ध गराउने र यस कार्यमा जिल्ला समन्वय समितिको कार्यालय, सुर्खेतले समन्वय र सहजीकरण गर्ने समेत निणर्य भएको प्रजिअ छविलाल रिजालले जानकारी दिए ।

साथै होटल आईसोलेसन संचालन गर्न चाहने जिल्लास्थित होटलहरूले अनुसुची –१ बमोजिमको सामान्य मापदण्डको परिधिभित्र रही सञ्चालन गर्न पाइने छ । जिल्लामा कोभिड–१९ को संक्रमण तिब्र रुपमा वृद्धिभईरहेको हुँदा नियन्त्रण, रोकथाम, व्यवस्थापन र उपचारका लागि आवश्यक सहयोग गर्न इच्छुक संघसंस्थाहरुले जिल्ला विपद् व्यवस्थापन समिति सुर्खेतलाइ समेत सहयोग उपलब्ध गर्न सक्ने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार