एनएसएल प्लेअफ : धनगढीविरुद्ध काठमाडौंलाई बदला लिने मौका

काठमाडौं । पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को प्लेअफका खेलहरु मंगलबारदेखि सुरु हुँदैछ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टमा आयोजना भएको प्रतियोगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । लिगको २१ खेलपछि शीर्ष चार स्थानमा रहने टिमहरु प्लअफका लागि छनोट भएका छन् ।

जसमा शीर्ष स्थानमा रहेको काठमाडौं रेजर्स र दोस्रो स्थानको धनगढी एफसीबीच प्लेअफको पहिलो खेल हुनेछ । उक्त खेलको विजेता सिधैं फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टिमले पनि अर्को अवसर भने पाउनेछ ।

यस्तै तेस्रो स्थानमा रहेको ललितपुर सिटी एफसी र चौथो स्थानको बुटवल लुम्बिनी एफसीबीच पहिलो एलिमिनेटर खेल हुनेछ । उक्त खेलमा विजयी हुने पहिलो खेलमा पराजित हुने टिमसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

काठमाडौं लिगमा सर्वाधिक ४ खेल जित्ने एक मात्र टिम हो । ६ मध्ये ४ खेल जितेको काठमाडौंले १३ अंक जोडेको थियो । काठमाडौंले एक खेल बराबरी खेल्दा एक मात्र हार बेहोरेको थियो । त्यो हार धनगढी विरुद्ध नै थियो ।

तपाईको प्रतिक्रिया