संसदमा हाम्रो अनुपस्थितिले विभाजन र समर्पण दुवै हुँदैन : घनश्याम भुसाल

काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले संसदमा अनुपस्थित हुने निर्णय चैत ४र ५ गतेको राष्ट्रिय भेलाको निर्णयअनुसार नै भएको बताएका छन्

उनले फेसबुकमा लेखेका छन्, संसदमा अनुपस्थिति चैत्र ४ र ५ गतेको राष्ट्रिय भेलाको निर्णय ‘न विभाजन, न समर्पण’ को अनुकूल छ।

आजको संसद् बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ। २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जनामात्र सांसद छन्। सरकारलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई १ सय ३६ भोट चाहिन्छ। एमालेकै नेपाल खनाल पक्षले प्रधानमन्त्री ओलीलाई मतदान नगर्ने निर्णय गरिसकेको छ।

नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन्। त्यस्तै, जसपाको उपेन्द्र यादव पक्षले पनि ओलीविरुद्ध लाग्ने निर्णय गरेको छ। संसद्मा अनुपस्थित हुने निर्णयले पार्टी विभाजन र समर्पण दुवै नहुने उनले स्पष्ट पारेका छन्।

तपाईको प्रतिक्रिया