काठमाडौं : नेकपा एमालेको नेता माधवकुमार नेपाल समूहको राजीनामा रोकिएपछि विपक्षीबाट गठबन्धनको सरकार बन्न मुस्किल पर्ने देखिएको छ। नयाँ सरकार गठन प्रक्रियामा निर्णायक देखिएको जनता समाजवादी पार्टीको मत विभाजन हुँदा नयाँ सरकार बन्न समस्या देखा परेको हो।
माधव समूहले राजीनामा नगरेपछि जसपाबाट ओलीविरुद्ध निर्णय गरेको भए नयाँ सरकार बन्न सक्थ्यो। जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। तर, अर्का अध्यक्ष महन्थ ठाकुर तटस्थ बस्ने पक्षमा छन्।
ओलीको पक्षमा मतदान गर्न नपाउने निर्णय गरेको भए पनि विपक्षीमा मतदान गर्नका लागि सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिइने अध्यक्ष यादव बताउँछन्।
प्रतिनिधिसभामा २७५ सदस्य रहेको छन्। एमालेमा १२१ सांसद् छन्। प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न १ सय ३६ सांसद आवश्यक पर्छ। कांग्रेसको ६३, माओवादी केन्द्रको ४९ (४ जनालाई कारबाहीपछि), जनता समाजवादी पार्टीको ३४,टस्थ बस्दा नयाँ सरकार बन्न सक्थ्यो। तर, माधव समूहको राजीनामासँगै महन्थको तटस्थताले ओलीविरुद्धको नयाँ सरकार बन्नमा समस्या पर्ने देखिन्छ।
माधव समूहको प्रत्यक्षतर्फ निर्वाचित सांसदको राजीनामा आएको खण्डमा नयाँ सरकार बन्ने ढोका खुल्ने आँकलन गरिएको थियो। तर, माधव समूहका सांसद मेटमणि चौधरी ओलीविरुद्ध अविश्वासको प्रस्ताव आए सहयोग गर्न सकिने बताउँछन्।
‘हामीले राजीनामा दिँदा उहाँ (ओली)लाई झन् सजिलो हुने भयो। त्यसैले राजीनामा दिएनौँ’ उनले भने, ‘विपक्षीबाट अविस्वासको प्रस्ताव आए हामी सहयोग गर्न सक्छौँ। हामीलाई पनि सहज हुन्छ।’ ओलीले पार्टीमा एकलौटी लाद्न खोजेको भन्दै माधव समूहले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। थाहाखबरबाट
युग संवाददाता । । २७ बैशाख २०७८, सोमबार १३:२४