विश्वकै सफल र ठूलो खुफिया गठबन्धनमा दरार

एजेन्सी । विश्वकै सबैभन्दा सफल खुफिया गठबन्धन फाइभ आइजमा चीन मामिलालाई लिएर दरार उत्पन्न भएको छ।

यो गठबन्धन सन् १९४१ मा गठन गरिएको थियो। गठबन्धनमा अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र न्यूजील्याण्ड गरी पाँच देश आवद्ध छन्। पाँच देशबीच खुफिया सूचनाहरू साझेदारी गर्नु यो गठबन्धनको उद्देश्य रहिआएको छ।

शीतयुद्ध हुँदा सोभियत संघमाथि निगरानी गर्नु यो गठबन्धनको प्रमुख उद्देश्य थियो । यसलाई आजसम्मकै सफल र ठूलो खुफिया गठबन्धन मानिन्छ।

दरारका कारण

चीनको शिनजियाङ् प्रान्तमा वीगुर मुसलमानमाथि उत्पीडन र दक्षिण चीन सागरसँगै हङकङ तथा ताइवानमा चीनको कडा व्यवहारलाई गठबन्धनका चार सदस्यले विरोध गरिरहेका छन्।

​तर, गठबन्धनमा रहेको न्यूजील्याण्डले भने चीन विरुद्ध लाग्न अस्वीकार गरिदिएको छ । ​मानवअधिकार रक्षाका क्षेत्रमा आफूले गरेका कामप्रति गर्व गर्ने गरेको न्यूजील्याण्डले वीगुर मुसलमानमाथि दमन गरिरहेको भनिएको चीनको निन्दा गर्न भने अस्वीकार गरिदिएको हो।​

तपाईको प्रतिक्रिया