सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ४ सय १४ जनामा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २ सय ९३, र र्यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय २१ जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये सुर्खेतका २ सय ३६ जना रहेका छन् । यस्तै, दैलेखका ५४ जना, जाजरकोटका १९ जना, जुम्लाका २१, कालिकोटका २१, रुकुम-पश्चिमका ३७, सल्यानका २०, हुम्लाका २ र अन्य प्रदेशका ४ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा २ सय ४६ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै कुल संक्रमितमध्ये हालसम्म ८ हजार ४४ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ८२ पुगेको छ । हालसम्म कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३ हजार ८ सय १८ जना संक्रमित रहेका छन् ।
युग संवाददाता । । २५ बैशाख २०७८, शनिबार १७:५९