तालमा डुबेर बालककाे मृत्यु

प्रचण्ड खत्री

रुकुमपश्चिम । रुकुमपश्चिम सानिभेरी गाउँपालिका वडा नं ११ रानीचिउरा पेदका एक १५ वर्षिय किशोर तालमा डुबेर मृत्यु भएको छ ।

बाख्रा चराउन गएको बेला सिम्ली खोलाको अधेरे भन्ने स्थानमा रहेको तालमा पौडी खेल्ने क्रममा नरिभान खड्काका कान्छा छोरा कक्षा ८ मा अध्ययनरत १५ वर्षिय रुपलाल खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जनाएको छ ।

मृतक रुपलाल तालमा पौडि खेल्न गएको र धेरै समयसम्म बाहिर नआएपछी संगै गएका साथीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी गएर तालबाट मृतकको सव निकालिएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक धुर्बकुमार श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया