बनगाड कुपिण्डेमा जनप्रतिनिधिकाे फेरि किचलो सुरु

दुर्गा विसि
सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा पुनः जनप्रतिनिधिहरुकाे विवाद सुरु भएको छ ।वहुमत र अल्पमत खेलले अाव ०७५/०७६ काे वजेट सभा विथाेलिएको थियोे तर अहिले फेरि तेहि सृखंला सुरु हुन थालेको छ ।

अन्य स्थानीय तहका जनप्रतिनिधि काेराेना नियन्त्रणमा जुटिरहेका छन् ।विरामि परेका नागरिक हेरचाह तथा चेकजाँचमा उनिहरुले कडाइ गरेको देखिन्छ । काेहि अाइसुलेसन,क्वारेन्टाइन निर्माणकार्यमा व्यस्त छन् ।याे नगरपालिकाका जनप्रतिनिधि भने लुकेर घर भित्र वसिरहेका छन् ।काेभिडकै विषयमा छलफल याेजनाका निम्ति वाेलाएको बैठक वस्न नसक्नु भनेको गम्भीर विषय वनेकाे छ ।

काेराेना नियन्त्रणकाे लागि भावि पलान,काेभिड डाक्टर नियुक्ति प्रक्रिया,औसधि खरिद,एम्बुलेन्स सञ्चालन कार्यविधि,नगरपालिकाकाे कार्यव्यवस्थापन कार्यविधि लगाएत महत्त्वपूर्ण कुरामा छलफलका गरि तत्काल निर्णय गर्नु पर्ने हो ।साेहि विषयकाे छलफलका लागि वाेलाएको कार्यपालिका बैठक वस्न सकिरहेको छैन । नेकपा माअाेवादि केन्द्रका जनप्रतिनिधिले उक्त बैठक वहेस्कार गरेका छन् ।यस्तो अवस्थामा सबै गम्भीर वन्नुपर्ने हो तर उहीँ फेरि पुरानै राेग दाेहरिएको नगर प्रमुख गाेविन्द कुमार पुनकाे भनाइ रहेको छ ।

अन्य स्वार्थका एजेन्डा केही छैन सामाजिक दुरि कायम गरि काेभिड निराकरण सम्बन्धि छलफलअात्मक बैठक वसेर जनताकै लागि केही महत्त्वपूर्ण निर्णय गर्नुपर्ने भएकोले उक्त दिन वाेलाएको बैठकलाई माअाेवादि केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले वास्ता नदेखाएको नगर प्रमुख भनाइ रहेको छ ।यतिबेला काेभिड नियन्त्रणमा सबै जुट्नु पर्ने हो,इमिडेट्ली यस्ता बैठक छलफल,फाेन या अन्य माध्यमबाट गरिरहनु पर्ने समय हाे । तेहि अनुसारको छलफलका निम्ति कार्यपालिका बैठक अायाेजना गरिएको तर साे बैठक वहेस्कार भए पछि कुनै काम अघि वढ्न सकेको छैन ।कार्यविधि पास नहुदा एम्बुलेन्स सञ्चालनमा समेत समस्या रहेको छ ।

पार्टी एक हुँदा सबै कुरा मिलेकै थियोे अब पार्टी फुटेर अा-अाफ्नाे किनारा लागे पछि याे नगरमा हरेक निर्णय हुँदा अब जटिलता थपिने संकेत देखिएको छ । फेरि वहुमत र अल्पमत ध्वाँस पैदा भएको छ ।याे नगरपालिकामा नगर प्रमुख पुन अल्पमतमा छन भने वहुसंख्यक सदस्य केन्द्रका रहेका छन्।ससानाे कुरामा चित दुखाउने,अट्काे थाप्ने,समस्या सृजना गर्ने बैठकमा वसेर छलफल सहमति सहकार्य भन्दा अन्यत्रकै सल्लाहमा निर्देशित हुदा समस्या थपिएको जनाएको छ ।तर माअाेवादि केन्द्रले भने नगर प्रमुख पुन माथि गम्भीर अाराेप लगाउदै विज्ञप्ति निकालेकाे छ ।

केही दिन अघि नेकपा माअाेवादि केन्द्रका नगरकमिटि अध्यक्ष कीर्तिवहादुर रानाले विज्ञप्ति जारि गर्दै स्थानीय सरकार व्यक्तिवादि,कुण्ठाग्रस्त,मुठ्ठीभर,गुटका,अाफ्ना अासेपासेलाइ नगरमा भर्तीकेन्द्र वनाएको,नगरकाे प्रशासनिक कार्यमा नागरिकले हदैसम्म दुख खेपिरहेकाे,विकास याेजनाहरु रातारात फेरवदल गरेको,नगरकाे अन्य विकास निर्माणकार्य सुन्यगतिमा अघि वढिरहेकाे लगाएतका थुप्रै अाराेपहरु विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तर यी सबै अाराेपहरु प्रति पुनले सत्यता नभएको जनाए ।यतिखेर सबैकाे सहयोगले याे माहामारि टार्ने हाे तर फेरि खुट्टा तान्ने प्रवृत्ति हावि हुदै गएको जनाए । जनताका जनप्रतिनिधि अहिले याे माहामारिमा भने लुकेर वसेका छन् ।जनता यतिखेर काेभिडकाे माहा त्रासदिपुर्न वातावरणमा घरभित्रै थुनिएका छन् ।यसलाई सजगता जगाउन,स्वास्थ्य चेकजाँच औसधि उपचार लगाएतका कुरामा यहाँका नागरिकले हदैसम्म दुख खेपिरहेका छन् ।यश तर्फबाट जनप्रतिनिधि गम्भीर नवनेकाे स्थानीयकाे दुखेसो छ ।

तपाईको प्रतिक्रिया