मस्जिदअगाडि महिलाहरुले भड्किलो कपडामा व्यायाम गरेको भन्दै बबाल

काठमाडौं । रुसमा केही महिलाहरुले एक धार्मिक स्थलबाहिर गरेको शारीरिक व्यायामका कारण त्यहाँ बबाल मच्चिएको छ । यी सबै महिला एथलेटिक्स खेलाडीहरुले रुसको कजान सहरमा हुने म्याराथनको लागि तयारी गरिरहेका थिए ।

उनीहरुले आफ्नो व्यायामको पहिरनमा एक मस्जिदअगाडि वार्मअप गरेका थिए जसका कारण यी महिलाहरु विवादमा आएका छन् । यी महिलाहरुले लाइट स्ट्रेच र आफ्नो परम्परागत नियमित डान्स व्यायाम गरेका थिए ।

सेभेनन्यूजमा प्रकाशित एक रिपोर्टअनुसार यी महिलाहरुको भिडियो बनाएर इन्टरनेटमा शेयर गरिएको छ जुन सामाजिक संजालमा भाइरल भइरहेको छ । यी महिलाहरुले रुसको मुस्लिम बहुल क्षेत्र तरारस्तानको कुल शरीफ मस्जिद अगाडि व्यायाम गरेका थिए ।

रुसको स्थानीय समाचार वेबसाइट पीडिएमका अनुसार यो क्षेत्रकी कार्यकारी मुफ्तीले महिलाहरुले गरेको यो आचरण अशोभनीय भएको बताउँदै यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएकी छिन् । उनले व्यायाम र डान्स रुटिनको लागि अर्कै पृष्ठभूमि पनि खोज्न सकिने बताएकी छिन् ।

यी महिलाहरुको भिडियो बनाउने महिलाले लाइफ वेबसाइटसँग कुरा गर्दै बताएअनुसार यो भिडियोमा कजान म्याराथनमा भाग लिने केही महिला एथलिटहरुलाई देखाइएको छ र उनीहरु दौडिनुभन्दा पहिले वार्म अप गरिरहेका देख्न सकिन्छन् । उनका अनुसार यो पृष्ठभूमि जाने रोजिएको होइन ।

एकातेरिना नामकी यी महिलाका अनुसार यी महिलाहरुको कुनै समुदाय वा भावलाई ठेस पुर्याउने नियत थिएन । पीडिएमका अनुसार यो भिडियो रमजानको पवित्र महिनामा सार्वजनिक भएकोले यहाँका मुस्लिमहरु आक्रोशित छन् ।

तपाईको प्रतिक्रिया