इजरायल र प्यालेस्टाइनबीच हिंसा पुन: भड्कियो, १६९ जना घाइते

एजेन्सी । इजरायल र प्यालेस्टाइनबीच विवादित क्षेत्र जेरुसेलममा फेरि हिंसा भड्किएको छ ।

पछिल्लो झडपमा कम्तिमा १६९ जना घाइते भएका छन्। घाइतेमध्ये १६३ जना प्यालेस्टाइनी र ६ जना इजरायली प्रहरी रहेको बीबीसीमा खबर छ।

प्यालेस्टाइनी मेडिकल सेवा र इजरायल प्रहरीले पछिल्लो हिंसाबारे जानकारी दिएका छन् ।

हिंसामा घाइते भएकाहरूको उपचार गर्न क्रिसेन्टले एक अस्थायी अस्पताल नै सञ्चालनमा ल्याएको छ ।

पूरानो जेरुसेलम शहरमा रहेको अल अक्सा मस्जिद क्षेत्रमा हिंसा भड्किएको हो । सो क्षेत्रमा यहुदीहरूले पवित्र मान्ने माउन्ट मन्दिर पनि छ। पछिल्ला केही दिनयता त्यहाँ तनाव बढिरहेको थियो ।

मस्जिद वरपरको जमिन आफ्नो भएको दाबी गरिरहेका प्यालेस्टाइनीहरूलाई यहुदीहरूले विस्थापित गरिदिएपछि हिंसा भड्किएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया