रुसले ल्यायो एकै डोजले काम गर्ने खोप

एजेन्सी । रुसले कोरोनाको सिंगल डोज खोप निर्माणमा हासिल गरेको छ । यस खोपको नाम स्पुतनिक लाइट दिइएको छ र यो खोप ७९ दशमलव ४ प्रतिशत प्रभावकारी हुने अधिकारीहरुले बताएका छन् ।

यो खोप मस्कोस्थित गामलिया रिसर्च इन्स्टिच्युटले बनाएको हो, यसअघि यही इन्स्टिच्युटले स्पुतनिक भी नामक खोप बनाएको थियो । विश्वका ६० देशमा यसको प्रयोग भइरहेको छ । रुसले यो खोपलाई कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो खोपका रुपमा प्रचार गरिरहेको छ ।

भारतले स्पुतनिक खोपलाई अनुमति दिइसकेको छ र १ मेदेखि यसको पहिलो डोज भारतमा आइसकेको छ । त्यसैले, नयाँ सिंगल डोजको लाइट खोपलाई पनि भारतले चाँडै अनुमति दिने अनुमान गरिएको छ ।

स्पुतनिक भी जसरी नै स्पुतनिक लाईटलाई पनि रसियन डाइरेक्ट इनभेस्टमेन्ट फन्डले लगानी गरेको छ । यस कम्पनीका सिइओ किरिल दिमिट्रियवका अनुसार यस खोपको मूल्य १० डलर (झन्डै ११८० रुपैयाँ) पर्नेछ ।

तपाईको प्रतिक्रिया