सुर्खेत । बैशाखसँग सुरु भएको कोरोनाको दोस्रो लहरले महामारीको रुप लिएको छ । दिनप्रतिदिन मृत्युको संख्या नयाँ रेकर्ड कायम गर्दैछ । यसपालिको कोरोनाबाट सबै उमेर समूहका नागरिकहरु उत्तिकै जोखिम छन् । मृत्युदर हेर्दा लाग्छ । तत्काल महामारी नियन्त्रण हुनसक्ने सम्भावना छैन ।
तर त्यसो होइन ।कोरोना सजिलै जित्नेहरु पनि धेरै छन् । दोस्रो लहरमा संक्रमित भएका धेरै व्यक्तिहरु निको भएका छन् । कतिले अस्पतालबाट कोरोना जितेर घर फर्किएका छन् त कतिले घरमै कोरोनालाई जितेका छन् । तिनै मध्यका एक हुन् सुशील केसी । वीरेन्द्रगर–१२ नेवारेका उनलाई बैशाख ७ गते स्वास्थ्यमा समस्या आयो । बैशाख ९ गते जेचगर्दा संक्रमण पुष्टि भयो । तर आत्तिएनन् । बरु समयमै चिकित्सको सल्लाह लिए । सुगर र प्रेसका विरामी भएका कारण प्रदेश अस्पतालमा भर्ना भए ।
डाक्टरको नियमित सल्लाह, कोरोनालाई जित्छु भन्ने आत्मबल र खानपिनलाई विशेष ध्यान दिए । एक हप्तामै कोरोनालाई जिते । प्रदेश अस्पालबाट १६ गते उनी डिस्चार्ज भए । ‘संक्रमितले अक्सिजनको अवस्थामा निकै ध्यान पु¥याउनु पर्दाे रहेछ’ उनी भन्छन्, ‘झोलिलो खाना, तातो पानी र आत्मबलकै कारण कोरोनालाई जितेँ ।’ अक्सिजनको सहज आपूर्ति भए स्वासप्रश्सासमा समस्या हुने अधिकांश संक्रमितलाई धेरै सहज हुने उनी बताउँछन् । चनाको झोल, मसुरो र गेडागुडी, दिनमा ३÷४ लिटर तातो पानीको सन्तुलित खाना नै कोरोनाको औषधी भएको उनको अनुभव छ ।
त्यस्तै कोरोना जित्ने अर्का व्यक्ति हुन् धनीराम यरी । सल्यानको शारदा नगरपालिका–६ सापमाराका २४ बर्षे उनलाई बैशाख १० गते संक्रमण पुष्टि भयो । रिपोर्ट आउँदा अवस्था सामान्य थियो । तर ११ गते राती असहज भयो । परिवारले तुरुन्त जिल्ला अस्पताल पु¥याए । १२ गते अस्पतालले डिस्चार्ज गरिदियो । तर अवस्था सहज भएन । स्वास्थ्य अवस्था बिग्रन थालेपछि जिल्ला अस्पताल सल्यानले प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिदियो । बैशाख १४ गतेदेखि २३ गतेसम्म प्रदेश अस्पतालमा उपचार गराए ।
‘अस्पताल पु¥याउँदा अवस्था गम्भीर थियो’ उनका भाई जीवन यरीले भने, ‘दाइलाई सन्चो हुँदैन कि भन्ने डर थियो तर समयमै उपचार पाउँदा कोरोना जित्नुभयो ।’ धनीरामलाई पनि अब बाँचिएला भन्ने लागेको थिएन । ‘जिल्ला अस्पतालले रिफर गरिदिएपछि अब बाचिन्न कि भन्ने लागेको थियो’ धनिराम भन्छन्, ‘प्रदेश अस्पताल पुगेपछि डाक्टरले कृतिम अक्सिजन दिए, विस्तार हल्का महशुस भयो, १३ दिनपछि कोरोना नै जितिसकेछु ।’
बैशाख १० गते संक्रमण पुष्टि भएका उनी बैशाख २३ गते प्रदेश अस्पतालबाट डिस्चार्ज भएका छन् । डाक्टरको दिएको हौसल्लाहका कारण आफूले कोरोनालाई जित्न सफल भएको उनको भनाई छ । ‘डाक्टरले न आतिनोस्, ठिक भैहाल्छ भनेपछि बाँच्ने आश जाग्यो’ उनले भने, ‘तातो पानी, झोलिलो खाना, फलफूल खाएर कोरोनालाई जिते ।’ कोरोना जित्नेमै पर्छन् बलबहादुर थापा पनि । बैशाख १३ गते उनका सबै परिवारलाई कोरोना देखियो । स–परिवार विरामी पर्दा पनि हिम्मत हारेनन् । न अस्पताल पुगे ।
बरु डाक्टरको सल्लाह अनुसार पोषिलो खाना र आत्मबल बढाए । घरमै डेग बजाउने, नाच्ने र झोलुलो खाना खाएर दिनहरु कटाए । न शरीरलाई कमजोर हुन दिए । न आत्मबल कमजोर बनाए । ‘घरमै बसेर आवश्यक सावधानी अपनायौँ, तनाव लिएनौँ, झोलीको खाना खायौँ र मनोरञ्जन गरौँ’ बलबहादुरले उनले सुनाए ।
‘निकै थकान महसुस भयो तर हिम्मत कति हारिन’ उनले भने, ‘तातो पानी, खण्डा, फलफूल र आत्मबल नै कोरोनाको औषधि बन्यो ।’ सुशिल, धनिराम र बलबहादुर मात्रै होइन । दोस्रो चरणको कारोनालाई जित्नेहरु पनि धेरै छन् । जसले स्वास्थ्यलाई विशेष ख्याल राखे । खानपिन ध्यान दिए । आत्मबल बलियो बनाए । लक्षण अनुसारको उपचार गरे उनीहरुले सजिलैसँग कोरोनालाई परास्त गरेका छन् ।
बैशाखयता तीनसय १८ जनाले जिते कोरोना
बैशाखयता तीनसय १८ जनाले जिते कोरोना कोरोनाको दोस्रो लहरमा पनि निको हुनेको संख्या उल्लेख्य छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार बैशाख यता मात्रै तीनसय १८ जनाले कोरोनालाई जितेका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा मात्रै ३९ जनाले कोरोना जितेका हुन् ।
तथ्याङ्क अनुसार बैशाख १ देखि ५ गतेसम्म २० जना, ५ देखि १० गतेसम्म ३३ जना, १० देखि १५ गतेसम्म ५५ जना, १५ देखि २३ गतेसम्म दुईसय १० जनाले कोरोना जितेका छन् । तथ्याङ्कलाई हेर्दा पछिल्लो दुई दिनमा कोरोनालाई जित्ने दर उच्च छ । कर्णाली प्रदेशभर सात हजार सातसय ४८ जनाले कोरोना जितेका छन् । प्रदेशमा हाल दुई हजार आठ सय २१ जना सक्रिय संक्रमित उपचाररत छन् ।
यसरी जित्न सकिन्छ कोरोना
अहिलेसम्म कोरोनाको ठ्याक्कै उपचार छैन । दोस्रो चरणमा मृत्युदर बढेपछि अधिकांश नागरिकमा ठूलो त्रास छ । कोही–कोहीलाई त कोरोना लाग्न वित्तिकै मरिन्छ कि भन्ने डर छ । तर त्यसो होइन केही उच्च सावधानी अपनाउन सकियो भने कोरोनालाई सहज जित्न सकिन्छ ।
लामो समयदेखि कोरोना संक्रमितको उपचारमा सक्रिय डाक्टर केएन पौडलका अनुसार संक्रमितले सबैभन्दा बढी ध्यान दिनुपर्ने र महत्वपूर्ण विषय भनेको शरिरमा अक्सिजनको मात्रा हो । ‘अहिलेको संक्रमणले स्वासप्रश्साव प्रर्णालीमा ठूला असर पारेको छ’ प्रदेश अस्पतालका कोरोना फोकलपर्शनसमेत रहेका पौडेल भन्छन्, ‘शरीमा अक्सिजनको मात्रा कम भएको थाहा पाइयो र तुरुन्त अस्पताल पुगेको खण्डमा कोरोनालाई सजिलै जित्न सकिन्छ ।’
यदि अक्सिजनको मात्रा ९० भन्दा तल झरेको खण्डमा तुरुन्त अस्पताल पुग्नुपर्ने उनको सुझाव छ । शरिर अक्सिजनको मात्रा कम भएको खण्ड महसुस हुन वित्तिकै घोप्टो परेर सुत्नुपर्ने पर्दछ । जसलाई प्राकृतिक भेन्टिलेटरसमेत भनिन्छ । कोरोनालाई सबैभन्दा ठूलो औषधि भनेको आत्मबल हो । ‘जति आत्मबल कमजोर भयो, त्यति नै संक्रमणले च्याप्दै जान्छ’ उनी भन्छन्, ‘कोरोनालाई जित्न सक्छु भन्ने आत्मबल नै सबैभन्दा ठूलो औषधि हो ।’
परिवार र आफन्तले संक्रमितको आत्मबल बढाउनुपर्ने उनको सुझाव छ । त्यस्तै संक्रमण जित्नका खानपिनमा विशेष ध्यान दिनुपर्दछ । कोरोनाले शरिरलाई निकै कमजोर बनाउने भएका कारण फलफूल, अण्डा, माछा, मासु जस्ता पौष्टिक तत्व पाइने खानामा विशेष ध्यान दिनुपर्ने डाक्टर पौडेलको सुझाव छ ।
तर झाडापखाला लागेको खण्डमा भने माछा मासु खानु हुँदैन । अर्काे महत्वपूर्ण विषय भनेको संक्रमितलाई लक्षण अनुसारको औषधि उपचार हो । जस्तो कि छाडापखाल लागे, ज्वरो, टाउनको दुःख्ने जस्ता लक्षण अनुसारको उपचार गर्नुपर्दछ ।
युग संवाददाता । । २४ बैशाख २०७८, शुक्रबार १५:४७