घुँयत्राे : विगत ३० बर्षदेखि देशमा भष्टाचारले हाँकाहाँकी खेल खेलेर देशलाई खोक्रो बनायो

विगत ३० बर्षदेखि देशमा भष्टाचारले हाँकाहाँकी खेल खेलेर देशलाई खोक्रो बनायो । देशमा आउने हरेक सरकारले भष्टाचारको खेलमा प्रतिस्पर्धा गरे । भष्टाचारविरुद्धको आवाज उठाउनेहरुकाविरुद्ध भष्टाचारीहरु नै एक भए ।

माओवादी आन्दोलन दवाउनदेखि मधेस आन्दोलन, बाढीपहिरो, भूकम्प र कोरोनाका बेला कीट खरिदसम्मका अवसरलाई भष्टाचारीहरुले सुनौलो अवसरका रुपमा प्रयोग गरे । हात्तीछाप चप्पल लाएर राजधानी छिरेकादेखि भष्टाचारीलाई ठिक गर्ने निहुमा जंगल पसेकाहरुसमेत जंगलबाट फर्केछि रातारात विद्युत आयोजना, सिमेन्ट कारखाना, अस्पताल र महलका मालिक बनेका छन् ।

यिनै भ्रष्स्टहरुको सत्ता साझेदारी र रेखदेखमा चलेको राजननीति गएको ६ महिादेखि त झन् गन्धा र विषाक्त बनि रहेको छ । गाउँ तहको राजनीति भष्टाचारमै सिमित छ भने प्रदेश र केन्द्रको राजनीति भने संसारमै नभएको चटकको रुपमा प्रदर्शन भइरहेकाे छ ।

कहिले माननीय किन्ने, कहिले माननीय भागाभाग गर्ने, आज माननीय एउटा पार्टीमा, भोली अर्काे पार्टीमा, सरकारबाट राजीनामा दिने, एकछिन पछि फेरि मुख्यमन्त्री भएर सपथ खाने । कोही फेरि विश्वासको मत लिन्छु, संसद बोलाई दिनुपरो हजुर भनेर राष्ट्रपतिको दैलो चाहार्ने । यस्तो अचम्मको नमूना राजनीतिमा विचरा जनता भने आँफुहरुलेदुई तिहाइ दिएकोमा आँफैलाई कोस्दै बस्दै गर्न बाध्य छन् । नेपालका कमिनिष्टहरुले संसारकै कमिनिष्टको बदनाम गरि रहेको देख्दा विचरा ती कमिनिष्ट नेताहरुसमेत दिक्दार छन् ।

संसारका सबै व्यवस्थालाई अफाफ सिद्ध बनाई सकेका नेपालका नेताहरुले कमिनिष्ट व्यवस्थासमेत कन्डम भएको प्रमाणित गरे । सबै व्यवस्थाको प्रयोगशाला बनेको नेपाल अब सैनिक शासनको प्रयोगशाला बन्न बाँकी छ । अब ढिलोचाँडो केपी ओलीले त्यो पनि पूरा गराई दिन सक्छन् ।

उनको वेतुकको निरंकुश शैली देख्दा नेपालले सैनिक शासनको अनुभव छिटै गरेर नेपालीहरु संसारका सबै व्यवस्थाका अनुभविमा दरिने छन् । नेपालका सम्पूर्ण राजनीतिक दलको यो जेनेरेसन जिउँदो रहेसम्म जस्तोसुकै राजनीतिक प्रणाली पनि सफल हुने देखिँदैन । किनभने हामी सबैले संचालन गरेको सत्ता र उनीहरुको नियत देखि सकेका छम् ।

त्यसैले यिनीहरुबाट देश र जनताको समृद्धि सम्भव छैन । उँधो बगाएर उमो खोज्न जानूपर्ने खालका नेताहरुको व्यवहारले देशमा न राजनीतिक स्थिरता आउँछ न समृद्धि । यो पटक कमिनिष्टहरुले देश र जनतालाई धोका दिए । अर्काे पटक अर्काे पार्टीलाई जिताएर देशको उन्नती गरौँला भन्नु पनि वेकार छ । सत्ता राजनीतिका लागि निकृष्ट ब्यवहारमा उत्रिन खोज्ने नेपालका दलहरुबाट सकारात्क अपेक्षा हुनै सक्दैन । आजसम्म जति दुख वेहोरियो । अब अरु १०÷२० वर्ष सैनिक शासनको दुख पनि वेहोरी हेर्ने हो कि ?

वेदर्षि

तपाईको प्रतिक्रिया