दुर्गा विसि
सुर्खेतकाे उत्तरि पूर्वी क्षेत्रमा पर्ने सिम्ता गाउँपालिकाले ५० बेडको आइसोलेसन कक्षको स्थापना गरेको छ ।अक्सिजन सहितको अाइसुलेसन कक्ष तयारी भए पछि स्थानीय समेत हर्शित वनेका छन् । गाउँपालिकाको वडा-४ स्थित बजेडीचौर स्वास्थ्यचौकीमा अक्सिजन सहितको ५० बेडको आइसोलेसन सेन्टरको स्थापना गरिएको जनाएको छ ।
गाउँपालिका भित्रका कोरोना संक्रमितलाई ध्यानमा राखेर सबैलाई पायक पर्ने गरी आइसोलेसन कक्षको सुरुवात गरिएको सिम्ता गाउँपालिकाका अध्यक्ष केविन्द्रकुमार केसीकाे भनाइ रहेको छ । अरु भन्दा फरक,नयाँ र पृथक काम गर्न रुचाउने केसि यतिबेला स्वास्थ्य शिविर लिएर जनताको घरदैलोमा छन् ।
‘बिरामीलाई लक्षित गरेर केही अक्सिजन सिलिन्डरको व्यवस्था गरेका छौँ,’ अध्यक्ष केसीले भने, ‘विद्युतबाट सञ्चालन हुने अक्सिजन मेसिन समेतको व्यवस्था गरेका छौँ । यदि कसैलाई थप उपचारका लागि बाहिर लानु परेमा अक्सिजनसहितको एम्बुलेन्स तयारी अवस्थामा राखेका छौँ ।’
अध्यक्ष केसीले गाउँगाउँमा कोरोनाको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य-चौकी नभएको क्षेत्र, टोल-टोलमा स्वास्थ्य जाँच गराइरहेको समेत बताए । ‘स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य-चौकी नभएको क्षेत्रमा घरमै गएर स्वास्थ्य जाँच गरिरहेको छ,’ उनले थपे, ‘टोली गाउँपालिकाका सबै वडामा पुग्ने छ ।याे कार्य यहि २५ गतेसम्म जारि रहनेछ । यसलाई अझै थप व्यवस्थापन गरेर अघि बढ्ने छौँ ।’
गाउँघर स्वास्थ्य शिविरबाट निकै फाइदा भएको जनाएको छ ।स्थानीयले समेत घरमै स्वास्थ्यकर्मी अाएर स्वास्थ्य चेकजाँच र औसधि उपचार तथा स्वास्थ्य परामर्श पाए पछि खुलेर प्रशंसा गरेको भेटिन्छ । अधिकांश ज्वराे,रुघाखोकी,टाउको दुख्ने लगाएका विरामिले याे सुविधा लिएको शाखा संयोजक विरेन्द्र पुनकाे भनाइ रहेको छ ।निशुल्क स्वास्थ्य परिक्षणसँगै औसधि समेत वितरण गरिएको छ ।
युग संवाददाता । । २४ बैशाख २०७८, शुक्रबार १२:१६