एकबर्ष सम्म पनि सञ्चालनमा आएन् जाजरकोट अस्पतालकाे भेन्टिलेटर

जाजरकोट ।  जिल्ला अस्पतालमा उपचार सेवा प्रभावकारी बनाउन अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन । दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आउन नसकेको हो।

खरिद गरेदेखि अहिलेसम्म नै भेन्टिलेटर बन्द कोठामै राखिएको हो । प्रदेश सरकार मातहत रहेको अस्पतालमा भेन्टिलेटर ल्याइएपनि प्रयोग नहुनु पीडादायी भएको डाक्टरहरू बताउँछन्।

नयाँ भवन निर्माण हुँदै गरेको र राख्ने ठाउँ अभाव भएकाले भेन्टिलेटर सञ्चालनमा ल्याउन नसकेको स्वास्थ्य सेवा कार्यालयका टीकाराम जैसी बताउँछन् ।  प्रदेश सरकारले हामीलाई कर्मचारी पठाउँछौँ भनेर जानकारी गराएको छ,ु उनले भने।

एचडीयू सेवाका लागि जिल्ला अस्पतालमा आएका सामग्री पनि ठाउँ अभावका कारण जोड्न नसकिएको उनले बताए। उनका अनुसार २५ वटामध्ये अहिलेसम्म १५ वटामात्र एचडीयू जोडिएको छ।

जिल्ला अस्पतालमा २५ वटा अक्सिजन सिलिण्डर भएपनि अक्सिजन प्लान्ट खरिद प्रकृया हालै अघि बढाइएको छ। जबकि अघिल्लो वर्ष नै खरिद गर्नुपर्ने थियो। अक्सिजन प्लान्ट नहुँदा गम्भीर स्वासप्रश्वास समस्या भोगेका बिरामीले उपचार क्रममा सहजता महसुस गर्न नसकेको जैसीले बताए ।

तपाईको प्रतिक्रिया