निफमा अनुरागले आफ्नो अनुभव साट्ने

 

वैशाख २३ गतेबाट २७ गतेसम्म अनलाइनको माध्यमबाट आयोजना हुन लागेको ‘नेपाल अन्तरराष्ट्रिय फिल्म फेस्टिभल, निफ’मा बलिउडका सफल निर्माता तथा निर्देशक अनुराग कश्यपले आफ्नो अनुभव साट्ने भएका छन् ।

उनले कार्यक्रमको उद्घाटनपछिको पहिलो सेसनमा दिउँसो साढे ३ बजेबाट साढे ४ बजेसम्म नेपाली चलचित्रकर्मी र दर्शकलाई चलचित्र सम्बन्धी आफ्नो अनुभव साट्ने आयोजकले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अनुरागको फरक शैलीको चलचित्र निर्देशन तथा लेखनले विश्व बजारमा नै चर्चा पाएको छ । उनले ‘पाँच’ नामक चलचित्रबाट निर्देशन यात्रा सुरु गरेका थिए । उनलाई ‘ग्याङ्स अफ वासेपुर’ले चर्चामा ल्याएको थियो ।

यसपटक महोत्सवमा सहभागी भएका प्रतिस्पर्धी चलचित्रहरुलाई नेट टेलिभिजन र महोत्सवको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी भएको अध्यक्ष केपी पाठकले जानकारी दिएका छन् ।

यो बर्ष कोरोनाको महामारीका कारण लकडाउन भएपछि आयोजकले अनलाइनको माध्यमबाट यो महोत्सव आयोजना गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया