सुर्खेतको चौकुनेमा अक्सिजन सहितको आइसोलेशन कक्ष

नन्दु खनाल

चौकुने । सुर्खेत जिल्लाको पश्चिममा पर्ने चौकुने गाउँपालिकामा अक्सिजन सहितको आइसोलेशन कक्ष स्थापना गरेको छ ।

चौकुने गाउँपालिका ६ मा रहेको जीवन ज्योति मा.वि मा उक्त आइसोलेशन कक्ष निर्माण गरिएको हो । विश्व भरी महामारीको रुपमा फैलिरहेको नयाँ प्रजातिको भेरयिन्ट कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागि अक्सिजन सहितको आइसोलेशन कक्ष निर्माण गरिएको गाउँपालिकाकाले जनाएको छ ।


गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीका अनुसार मानव प्राणीका लागि जोखिम समय भएकोले यसबाट सावधानी रहन सबैलाई आग्रह गदैँ भाईरस नियन्त्रण गर्न र फैलिन नदिन गाउँपालिकाले सबै जनशक्ति प्रयोग गरि तयारी अवस्थामा राखेको र थप ५० शैय्या को आइसोलेशन कक्ष बनाइ तयारी अनस्थामा रहेको बताए ।


चौकुने गाउँपालिकामा मंगलबार आठ जनालाई एन्टिजेन मार्फत गरिएको कोरोना परिक्षणमा ५ जनालाई कोरोना संक्रमण देखिएको थियो । जसमध्ये तीन जना होम आइसोलेशनमा र दुई जना गाउँपालिकाको आइसोलेशन कक्षमा आवश्यक औषधीको व्यवस्था गरि राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगनसिंह पाण्डेले जानकारी दिए ।

 


आइसोलेशन कक्ष निर्माण कार्यमा ईलाका प्रहरी कार्यालय गुटु, शसत्र प्रहरी बलको बेस क्याम गुटु र गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको सहयोग रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार