प्रकाश ज्वालाको अपील- गुटगत रुपमा पार्टी कब्जा गर्ने षड्यन्त्र चिर्नेछौं

सुर्खेत । वैशाख तीन गते कर्णाली प्रदेश सभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका कारण एमालेको साधारण सदस्य समेत नरहेका प्रकाश ज्वालाले १७ दिनपछि एक अपील जारी गर्दै केन्द्र देखि स्थानीय स्तरसम्म समस्याहरु बढाउँदै गुटगत रुपमा पार्टी कब्जा गर्ने रणनीति देखिएपछि त्यसलाई चिर्न फ्लोर क्रस गरेको प्रष्टिकरण दिएका छन् ।

उनले पार्टीमा आवश्यक छलफल तथा सलह नभएको गुनासो गर्दै आवश्यक वातावरण बनाउन पनि मन्त्री पदबाट राजीनामा दिएको प्रष्ट पारे ।

उनले आफूलाई कारवाही गरिएको प्रचार गरिएको भन्दै असन्तुष्टि समेत पोखेका छन् । ‘जतिबेला विद्ययार्थी कालमा कम्युनिष्ट पार्टीको झण्डा बोकें, त्यतिबेला पञ्चायतले झुटा मुद्दा लगाएर जेल हाल्यो । बहुदल कालमा काँग्रेसले सांघातिक आक्रमणको कारवाही गर्‍यो तर पनि हातबाट एमालेको झण्डा र मनबाट मार्क्सवाद/लेनिनवादको बिचार झुकेन । माओवादी जनयुद्धकालमा दर्जनौं कारवाहीका निर्णयहरु सुनाइए तर पनि सिंगो एमाले बचाउन र वैचारिक संघर्ष गर्न छोडिएन,’ उनले भनेका छन् ।

ज्वालाको भावनात्मक अपीलमा थप भनिएको छ, ‘केहि अराजक व्यक्तिहरुबाट मलाई आर्थिक प्रलोभन जस्ता भ्रामक आरोप लगाउन दुष्प्रयास भएका छन् । तिनिहरुलाई मैले कतैबाट आर्थिक लाभ लिएको प्रमाणित गर्न चुनौती दिन्ुछ । मेरो जीवन भरिको मेरो पार्टी प्रतिको निष्ठालाई भ्रमित गर्ने कोशिस गरिएको छ । मेरा विरुद्धमा फैलाइएका प्रचारहरुमा कुनै सत्यता छैन ।’

तपाईको प्रतिक्रिया