चिकित्सकसहितको टोलीसँगै अध्यक्ष केसी टोलटोलमा

दुर्गा विसि
सिम्ता, २१ बैशाख ।
सुर्खेत सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसी स्वास्थ्यकर्मी सहितको टोली बोकी टोलटोलमा पुगेका छन् । प्रत्येक वडामा अभियान सुरु गरिएको छ । कोभिड जनचेतना जगाउन र कोरोनासँग मिल्दोजुल्दो संकास्पद व्यक्तिलाई समेत उपचार तथा स्वास्थ परामर्श सेवा दिने गरिएको छ ।

कोरोना भाइरसले विश्वासलाई नै तर्सित बनाएको अबस्थामा सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी स्वास्थ्यकर्मीको टिमसहित जनताको घरदैलोमा पुग्ने गरेका छन् । त्यहीँ पुग्दा नागरिक अवस्था,भारतबाट भखर आएका तथा गाउँमै रहेका नागरिकले कतिको कोरोनाबाट सचेत छन् भन्ने कुरा थाहा हुने बताए ।

उनीहरुको स्वास्थमा समेत केही समस्या आएको भए उपचार हुने जनाएको छ । भारत तथा अन्य मुलुकबाट आएका नागरिक विशेषत १० दिन होम क्वारेन्टाइनमा वस्न विशेष आग्रह गरिएको छ । विशेष गरी यो रोग भनेको सजगता अपनाउने हो । त्यहिको शिलशिलामा गाउँमै पुगि नागरिकको स्वास्थ्य अवस्था र चेकजाँच भए अति उत्तम ठानेर यो विधि अवलम्बन गरिएको जनाएको छ ।

यसले राम्रो सन्देश दिने प्रत्येक्ष गाउँमै पुग्दा फलदायी हुने भएकोले गाउँ स्वास्थ्य शाखा प्रमुख विरेन्द्र पुनसहित चिकित्सकको टोली यतिखेर घुम्ती शिविरमा जुटेको छ । सामाजिक दुरि कायम गरि नागरिकको स्वास्थचेकजाँच गरिएको छ । कोरोना लक्ष्यणसँग मिल्दोजुल्दो छ भने तेहि अनुसार परामर्श र कठिन अवस्था आए तत्कालिन फोन गरी स्वास्थ्य शाखामा सम्पर्क राख्न समेत भनिएको छ ।

स्वास्थ्य तथा कोरोना सम्बन्धि सचेतना अभियानको आज सिम्ता–३ औलझ्याबाट शुरूवात भएको छ । स्वास्थ्य शिविरमा मौसम परिवर्तनसंगै विभिन्न भाइरसका कारणले आउने ज्वरो, रूगाखोकि, झाडापखाला र निमोनिया जस्ता रोगको प्राथमिक उपचार तथा कोरोनाबाट बच्ने उपाय बारे सचेतना दिने काम गरिएको छ ।

आजको शिविरमा ४१ जना विरामीको उपचार भएको छ । उपचारमा सेवा लिने बालबालिका युवा र जेष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो । शिविर २५ गतेसम्म सञ्चालन हुने भएको छ । भोलि सिम्ता–१ को सुन्तोला र लुकुई स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । यो स्वास्थ्य शिविर स्वास्थ्य चौकी र स्वास्थ्य इकाई केन्द्रको पहुँच नभएको स्थानमा टोल बस्तीमा पुगेर सञ्चालन हुने शाखा प्रमुख पुनको भनाइ छ ।

गाउँपालिकाले छुट्टै अक्सिजन सहितको आइसुलेसन निर्माणकार्यको लागि समेत तयारी थालिने जनाएको छ । गत वर्ष पनि यहि विधि अवलम्बन गरिएको थियोे । रोग लाग्नु भन्दा पहिले यसबाट वचन आफ्ना नागरिकलाई सजगता बनाउनु पहिलो प्राथमिकता रहेको समेत केसीको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया