बेलको ह्याट्रिकमा शेफिल्डमाथि टोटनह्यामको फराकिलो जित

काठमाडौं : इङलिस प्रिमियर लिग फुटबलमा ग्यारेथ बेलले ह्याट्रिकमा टोटनह्यामले शेफिल्ड युनाईटेडलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ।

बेलको खेलको ३६, ६१ र ६९औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए। त्यस्तै सन हेंग मीनले खेलको ७७औ मिनेटमा अर्को गोल थपेपछि टोटनह्याम ४-० ले विजयी भएको थियो ।

यो जितपछि टोटनह्यामको ३४ खेलमा ५६ अंक भएको छ र लिगमा पाँचौ स्थानमा उक्लिएको छ। त्यस्तै शेफिल्डको भने ३४ खेलपछि १७ अंक मात्र रहेको छ र लिगमा पुछारमा रहेको छ।

हारपछि शेल्फिल्डको यस सिजनमा रेलिगेसनमा पर्ने निश्चित भएको छ । गएराति नै भएको अर्को खेलमा आर्सनलले न्यूक्यासल युनाईटेडलााई दुई शून्यले हराएको छ।

तपाईको प्रतिक्रिया