ईश्वरी बरालको ‘खानदानी छोरी’ सार्वजनिक

काठमाडौं : गायिका ईश्वरी बरालको नयाँ गीत खानदानी छोरी सार्वजनिक भएको छ । गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को र्‍याप रहेको छ। भट्टको नै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङ्ग विकले लेखेका हुन् । गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन् ।

प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन् भने मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका छन्। चोभारमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय रहेको छ ।

म्युजिक भिडियोमा र्‍यापर भट्टको अभिनय पनि देख्न पाइनेछ। इक्षिता, बिक्षिताको यो डेब्यु म्युजिक भिडियो हो । भिडियोलाई सान थापाले निर्देशन गरेका छन्। गायिका बरालको यसअघि सार्वजनिक भएको नरिसाउन होइ गीत चर्चामा छ ।

तपाईको प्रतिक्रिया