कोभिडबाट मृत्यु भएका परिवारलाइ कर्णाली सरकारले एक लाख राहत दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा कोरोना भाइरस कोभिड–१९ बाट ज्यान गुमाउँने व्यक्तीका परिवारलाइ एक लाख राहत दिने भएको छ । बैषाख १७ गते शुक्रबार बसेको कर्णाली प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले एक लाख राहत दिने निर्णय गरेको हो ।

सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी कार्यविधि, मापदण्ड जस्ता आधारहरु बनाइ प्रदेश विपद् ब्यावस्थापन कोषबाट उक्त राहत प्रदान गरिने आर्थिक मामिला मन्त्री तथा सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।
मन्त्री केसीका अनुसार कर्णाली प्रदेश अन्तरगत २०७८ सालमा हुने सार्वजनिक विदाहरु समेत स्वीकृत गर्ने निर्णय भएको छ । जस्मा बर्षभरी सातवटा मात्र सार्वजनिक विदा दिइने छ ।

धान दिवस आसार १५ गते कर्णलीका जुम्ला बाहेक सबै जिल्ला, चैत १२ गते र चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला असोज कृष्ण त्रयोदशीको दिन जुम्ला जिल्लामा मात्र सार्वजनिक विदा हुनेछ । यस्तै साउँने संक्रान्ति तथा देउडा पर्व साउन १ गते, प्रदेश स्थापना तथा शहिद दिवस भादौँ ४ गते, श्रीकृष्ण जन्माष्टमी भदौँ १४ गते र असोज शुक्ल पुर्णिमा कार्तिक ३ गते प्रदेशभर विदा हुने प्रवक्ता केसीले बताइन् ।

तपाईको प्रतिक्रिया