सल्यानको बनगाडमा १५ शैयाको आइसुलेसन कक्ष तयारी

दुर्गा विसी

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले १५ शैयाको आइसुलेसन वार्ड तयारी गरेको छ । ५ वटा अक्सिजन भ्यान्टिलेटर सहितको आइसुलेसन कक्ष तयारी गरेको छ ।

कोभिड–१९ नियन्त्रण कार्यलाई थप व्यवस्थित गर्नका लागि २४ सै घण्टा ५ वटा अक्सिजन मेसिन समेत फिट गरेको नगरपालिकाले जनाएको छ । १५ शैयाको आइसुलेसन कक्ष प्रभाकर मावि देवस्थलमा निर्माण सम्पन्न भएको छ । थप सुविधा सहितको आइसुलेसन कक्ष निर्माण प्रकृयालाई समेत अघि बढाइने नगर प्रमुख गोविन्द कुमार पुनले जानकारी दिए ।

सर्जिकल सामाग्रिको अभाव तथा खरिद प्रकृयाको जटिलता र आपुर्ति प्रकृयामा देखिएको प्राविधिक अवरोध लाई ब्यबस्थापन गर्दै लक्षण सहितका संक्रमितहरू लाई चेकजाँचमा तिब्रता दिने उदेश्यले थप २ हजार एन्टिजिन परिक्षण किट खरिदकाका लागि प्रक्रिया अघि बढाउने समेत तयारी रहेको पुनको भनाइ छ ।

तपाईको प्रतिक्रिया