कोरोनाका कारण युवा व्यवसायी श्रेष्ठको मृत्यु

दुर्गा विसि । सल्लिवजारका एक प्रतिस्ठित व्यापारीको कोभिडका कारण मृत्यु भएको छ ।करिव ३५ वर्षिया युवा व्यापारी शैलेन्द्र दास श्रेष्ठ कोभिडसँग लडिरहेका थिए ।तर कोभिडले जित्यो उनले हारे ।

विगत एक हप्ता अघि देखि नेपालगञ्ज भेरि अस्पतालको शैयामा अक्सिजनको साहारामा छटपटाइ रहेका थिए । आज दिउँसो उनको मृत्यु भएको खवर छ । एक हप्ता अघि उनको स्वास्थ्यमा जटिलता थपिए पछि नेपालगञ्ज लगिएको थियोे ।

युवा व्यवसायी सबैका पृय मान्छेको मृत्युले सल्लिवजार शोकमग्न भएको छ । साथै कोभिडको त्रास झन वढेको छ ।मृतकको नावल दुई छोरि रहेका छन् । बनगाड कुपिण्डे नगरपालिकाको सल्लिवजारमा सल्लिवजार स्थापनाकाल देखि न्यु श्रेष्ठ इलोक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया