अक्सिजन र औषधी बोकेको अमेरिकी विमान भारततर्फ

एजेन्सी । अमेरिकाले अक्सिजन र अत्यावश्यक सामग्री राखेर तीनवटा विमान भारततर्फ पठाएको छ । कोरोना महामारीले भयावह स्थिति निम्त्याएको भारतमा अक्सिजन र औषधि चरम अभाव भइरहेको छ ।

यूएस एजेन्सी फर इन्टरनेशनल डेभेलपमेन्टले अमेरिकाका थप तीनवटा जहाज भारतको सहयोगका लागि पठाइएको जानकारी दिएको हो।

सो विमानमा अक्सिजन सिलिण्डर र अक्सिजन प्रवाह गर्न आवश्यक उपकरण तथा स्वास्थ्यसम्बन्धी अन्य अत्यावश्यक सामग्री राखिएको छ। साथै, ९ लाख थान एन–९५ मास्क पनि सो विमानमा पठाइएको छ।


अमेरिकाले यसअघि कोरोनासँग जुध्न भारतलाई अत्यावश्यक सामग्री बोकेको दुईवटा विमान पठाइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार