गायक कुशल आचार्यको ‘हावा सरर’ सार्वजनिक

काठमाडौं : ‘द भ्वाइस अफ नेपाल सिजन १’ को प्रतियोगितामा फाइनलसम्म पुगेका गायक कुशल आचार्यको पहिलो अफिसियल गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘हावा सरर’ बोलको गीतको कम्पोज कुशलले नै गरेका छन् ।

कुशल र अंकुश अधिकारीले संयुक्त रुपमा लेखेको गीतमा प्रज्जवल लामाको संगीत सुन्न सकिन्छ। सुनोद श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा गायक कुशलसँगै सुनोद श्रेष्ठ, रेशा सापकोटा, रोजिना उदास, इश्वर फुँयालको अभिनय रहेको छ ।


भिडियोको कथा निर्देशक सुनोदले तयार गरेका हुन् भने स्कृनप्ले सुनेश श्रेष्ठले लेखेका हुन्। सुनेशले खिचेको भिडियोलाई निर्देशक सुनोदले नै सम्पादन गरेका छन् । भिडियोमा भिएफएक्स तथा कलरको काम भने प्रविण श्रेष्ठले गरेका छन् ।

गीतलाई लिएर गायक कुशल निकै आशावादी छन्। उनी भन्छन्, ‘द भ्वाइसको प्लेटफर्ममा मैले धेरै माया पाए। अहिले अफिसियल गीत सार्वजनिक गरेको छु। सबैले माया गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार