आगामी बजेटमा कर्णाली सरकारले पत्रकारका लागि ५ करोड ५० लाख रकम छुट्याउन माग

सुर्खेत । पत्रकार महासंघ कर्णाली प्रदेशले कर्णाली प्रदेश सरकारलाइ कर्णालीका १० वटै जिल्ला शाखाहरुसँगको समन्वयमा पत्रकारिता क्षेत्रको विकासमा विभन्न गतिविधि सञ्चालन गर्न विभिन्न १० वटा माग पेश गरेको छ ।

 

आइतबार महासंघका अध्यक्ष देवीराम देवकोटा, महासचिव खगेन्द्रप्रसाद भट्टराई र सचिव दिपक बुढाले आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीलाइ आगामी बजेट, निती तथा कार्याक्रममा समेटिदिनु पर्ने भन्दैँ उक्त पत्र पेश गरेका हुन् ।

उक्त पत्रमा आमसञ्चार प्रतिष्ठान स्थापना र सञ्चालन गर्न, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको जग्गा खरिद तथा भवन निर्माणका लागि १ करोड, पत्रकारहरुको पेशागत सुरक्षार्थ पत्रकार कल्याणकारी कोष स्थापना तथा सञ्चालनका लागि २ करोड रुपैँया समेत विनियोजन गर्न माग गरेको छ ।

 


यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरु (हुम्ला, मुगु, डोल्पा, दैलेख) को नयाँ भवन निर्माण रु ६० लाख, अन्य शाखाहरु (सुर्खेत, कालीकोट, जुम्ला, सल्यान, जाजरकाेट, रुकुम पश्चिम) भएका पुराना भवन मर्मत, सुधार तथा कार्यालय व्यवस्थापन रु ५० लाख रुपैँया बजेट विनियोजन हुनु पर्ने पत्रमा उल्लखेग गरिएको छ ।

 

त्यस्तै कर्णालीका १० वटै जिल्लाका पत्रकारहरुको क्षमता विकास रु ५० लाख, पत्रकारहरुको क्षमता विकास विषयगत (सूचना तथा प्रविधि, शिक्षा, स्वास्थ्य, खेलकुद, सहकारी, कृषि तथा पशुका लागि २५ लाख, कर्णालीका पत्रकारहरुलाई लेखनवृद्धि प्रदान १० लाख, कर्णालीका आमसञ्चार माध्यम (छापा तथा विधुतिय) बाट लोककल्याणकारी सूचना प्रकाशन÷प्रशारण रु ३० लाख र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति र जिल्ला शाखा कार्यालय व्यवस्थापन रु ३० लाख रकम विनियोजन गर्नु पर्ने उक्त पत्रमा उल्लेख गरिएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार