नेपाल सुपर लिगमा पोखरा र ललितपुर भिड्दै

काठमाडौं : नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपुर सिटी भिड्दैछन् । यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

जारी लिगमा पोखरा थन्डर्सले ३ मध्ये एकमा जित, एकमा बराबरी र एकमा हारको नतिजा निकालेको छ। ललितपुरले भने दुईटा खेलमा बराबरी गर्दा एउटामा पराजय भोगेको छ ।


लिगमा ४ खेल खेलेको धनगढी २ मा जित र १ मा बराबरी खेल्दै ७ अंकसहित शीर्ष स्थानमा छ भने एकमा जित र दुई खेलमा बराबरी गरेको बुटवल–लुम्बिनी ५ अंकसहित दोस्रो स्थानमा छ ।

हिजोका खेलमा बुटवल–लुम्बिनी र विराटनगरले २–२ गोलको बराबरी खेल्दा धनगढीले चितवनलाई ३–० गोलले पराजित गरेको थियो । प्रतियोगितामा ७ वटा फ्रेन्चाइज टोली सहभागी छन्। विजेता टिमले ३५ लाख हात पार्ने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार