सुर्खेतमा थपियो सात दिन निषेधाज्ञा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कोरोनाको हटस्पट बन्न थालेपछि जारी निषेधाज्ञा सात दिन थप्ने निर्णय भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण दर सात दिनमा मात्रै कम हुने सम्भावना नदेखिएकोले बैशाख २७ गतेसम्म निषेधाज्ञा थप गर्ने केन्द्रले निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । उनकाअनुसार अनुगमनका कडाइ गर्ने र निषेधाज्ञाको उलंघन गर्नेलाई संक्रामक रोग ऐन अन्तरगत कारवाही गरिने छ ।

कोरोनाको संक्रमण दर भयावह बन्ने अवस्था देखिएकाले आम सुर्खेतबासी नागरिकहरुलाई कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्न र निषेधाज्ञामा घरमै बसेर कोरोनाको संक्रमण हुनबाट जोगिन साथ दिन अधिकारी रिजालको आग्रह छ । सुर्खेतमा यहीँ बैशाख १४ गतेबाट सात दिन निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना पुष्टि भएका दुइसय १४ जना मध्ये एकसय ७२ जना सुर्खेतका छन् । भने हाल सम्म संक्रिय बिरामी संख्या नौसय ४३ जना रहेका छन ।

तपाईको प्रतिक्रिया