चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा

काठमाडौं । धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा एफसी चितवनलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले एक एक गोल गरे । खेलको पहिलो हाफमा बल पोसेसनमा पकड जमाएपनि चितवन गोल गर्नबाट पटक पटक चुकेको थियो ।

खेलको २३ औं मिनेटमा चितवनका गोरान जेर्कोभिचले गोलको सुनौलो मौका गुमाए । जर्ज प्रिन्स कार्कीको प्रहार धनगढीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले डाइभ हान्दै बचाएपछि आएको रिबाउन्डमा पेनाल्टी बक्सभित्र रहेका गोरानको प्रहार पोस्ट बारमा लागेर फर्किएको थियो ।

l

खेलको ३२ औं मिनेटमा चितवनका जर्ज प्रिन्सले डिबक्स भित्रबाटको प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो । खेलको ३६ औं मिनेटमा करिब ३५ यार्डबाट जर्ज प्रिन्सले प्रहार गरेको सशक्त प्रहार पोस्टको बारमा लाग्दै बाहिरिदा चितवन अग्रता बनाउन चुकेको थियो।

दोस्रो हाफमा भने धनगढीले पाएको मौकालाई सदुपयोग गर्दै लगातार गोल गर्यो । खेलको ६४ औं मिनेटमा निशानको गोलबाट धनगढीले १-० को अग्रता बनायो । निशान खड्काको क्रसमा निशानले बललाई पोस्टको जाली चुमाए ।

खेलको ६९ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २-० को अग्रता दिलाए । निशान लिम्बुको क्रसमा अनमार्क रहेका ओलावालेले हेड मार्फत गोल गरेका थिए । खेलको ७५ औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिक पोस्ट बारमा लाग्दै फर्किएपछि धनगढी अग्रता तेब्बर बनाउन चुक्यो ।

तर, खेलको ८० औं मिनेटमा बुद्ध बलले गोल गर्दै धनगढीलाई ३-० को जित दिलाए । ओलावालेको पासमा अफसाइट ट्राप बिट गर्दै बुद्धले गोल गरेका थिए

तपाईको प्रतिक्रिया