नाकामा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीलाई सुर्खेतका सिडिओले भने : ‘हामी पनि सडकमै छौँ’

सुर्खेत । कोभिड १९ को महामारीका कारण देश यतिवेला आक्रान्त बनिरहेको छ । यस महामारीको संक्रमण सुर्खेत र आसपासका जिल्लामा पनि तिव्र रुपमा बढ्दै गईरहेको छ ।

यस अवस्थालाई मध्यनजर गर्दै यस महामारीको नियन्त्रण तथा रोकथामका गत १४ गते रातीबाट एक हप्ताका लागि सुर्खेतमा निषेधाज्ञा जारि गरिएको छ । यो परिस्थितिको समयमा हरेक ठाउँमा खटिएका स्वास्थ्य तथा सुरक्षाकर्मीलाइ हसौला दिनको लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सक्रियता देखाएको छ ।

निषेधाज्ञाको पूर्णरुपमा पालना गराई महामारीबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्नका लागि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाट अनुगमनको कार्यलाइ समेत तिब्र बनाएको छ ।

यसै क्रममा प्रमुख जिल्ला अधिकारी छवीलाल रिजालको टोलीले (हिजो र  आज) बैषाख १७ र १८ गते कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई चेक पोष्टमा अनुगमन गरी सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्य कर्मचारीहरुलाई पे्ररित गदैँ आफु पनि कोरोना नियन्त्रणका लागि सडकमै रहेको र कोरोना रोमथाममा आम नागरिक मिलेर एक साथ अघि बढ्नु पर्ने बताएका छन् ।

साथै रिजालले सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्य कर्मचारीहरुलाई प्रोत्साहित व्यक्तिगत सुरक्षा सामग्री वितरण समेत गरेका छन् ।

त्यस्तै बबई नाका भई कर्णाली प्रदेश प्रवेश गर्ने लक्षण देखिएका व्यक्तिलाई एन्टिजेन परिक्षणको व्यवस्था, स्वास्थ्य केन्द्रसम्म पु¥याउँनका लागि एम्वुलेन्सको व्यवस्था तथा यात्रुलाई परीक्षण गर्दासम्म भौतिक दुरी कायम गरी बस्नको लागि होल्डिङ् सेन्टर निमार्ण गर्न भेरीगंगा नगरपालिका तथा सामाजिक विकास मन्त्रालयसंग समन्वय गरी आवश्यक व्यवस्थापन गरिने प्रशासनको तयारी रहेको छ ।

अनुगमनमा भेरीगंगा नगरपालिकाका प्रमुख, उप–प्रमुख, नेपाल प्रहरीका उपरीक्षक, सशस्त्र प्रहरी बल नेपालका उपरीक्षक तथा जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत तथा पत्रकार महासंघको पनि उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया