चट्याङ लागेर दैलेखमा दुई जना घाइते

सुर्खेत । दैलेखको सदरमुकाम नजिक काँडाचौरमा दैलेख चट्याङ परेर दम्पति घाइते भएका छन् । नेकपा एमाले जिल्ला कमिटी सदस्य ४८ बर्षीय यामनारायण उपाध्याय र उनकी श्रीमती ४५ बर्षीया बसन्ता उपाध्याय घाइते भएकी हुन ।

आज बिहान नारायण नगरपालिका–६, काँडाचौरस्थित घरको आँगनमा बसिरहेका बेला चट्याङले लागेर यामनारायण र बसन्ता घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए ।

उनिहरुको हाल दैलेख अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको दैलेख अस्पतालका डा. जगत थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया