रुकुमका क्रियाशिल पत्रकारलाई स्वास्थ्य सुरक्षाका सामाग्री

मुसिकोट । नेपाल पत्रकार महासंघ रुकुमले जिल्लामा क्रियाशिल संचारकर्मी र संचारगृहलाई स्वास्थ्य सुरक्षाका सामाग्रीहरु बितरण गरेको छ । कोरोना संक्रमणको उच्च जोखिमका बिच अग्रभागमा रहेर सूचना प्रवाह गर्ने संचारकर्मी र संचारगृहलाई शुक्रबार १ हजार ५ सय ओटा मास्क र २५ ओटा सेनिटाईजर उपलब्ध गराइएको महासंघ जिल्ला शाखाका अध्यक्ष लक्ष्मण केसीले बताए ।

आज सदरमुकाममा रहेका संचारकर्मीहरुलाई महासंघका सचिव हिरा परियार, सह सचिव नारायण ओली, सदस्यहरु संगम देवकोटा, परिचन्द्र खत्री र दिपेन्द्र महतारा र सल्लाहकार हरि गौतम सहितको टोलीले संचारगृह र संचारकर्मीहरु समक्ष पुगेर उक्त सामाग्रीहरु उपलब्ध गराएको हो । महासंघका अध्यक्ष केसीले सदरमुकाम बाहिर र रुकुम पूर्वका लागि महासंघका प्रतिनिधिहरु मार्फत आजै सामाग्रीहरु पठाईएको बताए ।

सामाग्रीहरु पहाडि साना किसानका लागि अनुकुलन आयोजना ९आशा०, हरप्लेस रुकुम, युनाईटेड सर्जिकल दांग र स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको सहयोगमा प्राप्त गरिएको हो । जिल्लाका संचारकर्मीहरुलाई पहिलो चरणमा उक्त सामाग्री उपलब्ध गराईएको र आगामी दिनहरुमा पनि अन्य निकायको सहयोगमा सामाग्री उपलब्ध गराईने महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष केसीले जिल्लामा निषेधाज्ञा जारी भएकोले यस्तो अवस्थामा संचारगृहले संचारकर्मीकाे  लागि घरमै बसेर काम गर्ने वातावरण मिलाईन दिन र संचारकर्मीहरु अत्यावश्यक अवस्थामा मात्र स्वास्थ्य सुरक्षाका मादण्ड पालना गरी परिचय पत्रको साथमा रिपोर्टिङमा निस्कन अनुरोध गरेका छन्  ।

तपाईको प्रतिक्रिया