प्रदेश र चौरजहारी अस्पताललाई ३४ करोड बजेट

सुर्खेत । कर्णाली प्रदेश सकारले प्रदेश अस्पताल सुर्खेत र चौरजहारी सामुदायिक अस्पताललाई ३४ करोड बजेट दिने भएको छ । कोरोना संक्रमितको उपचारका लागि प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड र चौरजहारी सामुदायिक अस्पताल रुकुम चौरजहारीलाई १३ करोड बजेट दिने निर्णय गरेको छ ।

सामाजिक विकास मन्त्रालयकोसमेत जिम्मेवारी सम्हाल्दै आन्तरिक मार्थिक मामिला तथा योजना मन्त्री विमला केसीले प्रदेश र चौरजहारी अस्पताललाई ३४ करोड बजेट दिने जनाएकी हुन् । बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री केसीले कोरोना नियन्त्रण्को लागि सरकार एकअर्बको कोरोना कोष खडा गरेको बताइन ।

सबै जिल्लामा अक्सिजन प्लान्ट

यस्तै कर्णाली प्रदेश सरकारले सबै जिल्लामा अक्सिजन प्लान्ट बनाउने घोषणा गरेको छ । प्रदेश राजधानी सुर्खेत र जुम्लामा ठूला क्षमताका र अन्य जिल्लाहरुमा मिनी अक्सिजन प्लान्ट सञ्चालन गरिने छ । त्यस्तै अन्य जिल्लाहरुमा भने मिनी अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ ।


अक्सिजन प्लान्ट निर्माणका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक जिल्ला अस्पताललाई ४०÷४० लाखका दरले रकम उपलब्ध गराउने जनाएको छ । हाल कर्णालीका १० जिम्लामध्ये हुम्ला, जुम्ला र सुर्खेतमा अक्सिजन प्लान्टहरु छन् । सुर्खेतमा प्रदेश अस्पताल र हुम्लाका अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन बन्छ छ ।

अक्सिजन अभावका कारण संक्रमितले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले अक्सिजन उत्पादन गर्न थालेको छ । जटिल प्रकृतिका संक्रमित बढेसँगै कर्णालीले हाल नेपालगञ्जबाट दैनिक एक ५० शिलिन्डर अक्सिजन आपूर्ति गर्दै आएको छ ।

प्रदेशभर हाल चारसय अक्सिजन शिलिन्डर छन् । यस्तै प्रदेश सरकारले कोरोना संक्रमणका लागि प्रभावकारी उपचार मानिने रेम्डिसेभर औषधि निःशुल्क उपलब्ध गराउने जनाएको छ । गरिब तथा ज्येष्ठ नागरिकलाई सो औषधी निःशुल्क उपलब्ध गराउने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार