घुँत्रयाे : बैंक खाताबाटै रकम उडाउने कर्मचारी अल्लि खत्रै हो है !

मान्छेले सबैभन्दा विश्वास गर्ने भन्या बैंकलाई नै हो । त्यै बैंकका कर्मचारी नै अविश्वासी भएछि कसको के लाग्छ र ? हुन त ठूल्ठूला शहराँ बैंक लुटिने र बत फोडिने घटना भइ रहन्छन् । तर दैलेखको दुल्लुजस्तो सानो ठाँउमा नी  ।

केहिदिन अघिको मात्रै कुरा हो, जब दुल्लु नगरपालिका ८ बस्ने भवानीप्रसाद आचार्य दुल्लुस्थित राष्ट्रिय बाणिज्य बैंकमा रकम झिक्न गए । तब खाताबाट आठ लाख रुप्पियाँ गायव भाको थाहा पाए । भवानीकै जानपहिचानका दुल्लु ५ कै बैंकका कर्मचारी जयबहादुर थापाले रकम झिकेको हुनसक्ने अड्कल काटियो । र

कम खाताँ नभएछि आचार्यले दैलेख प्रहरीयाँ मौखिक उजुरी देकाछन् । उता केहीदिनदेखि थापा अफिस गएका छैनन् भने उनको मोवाइलसमेत अफ छ । आचार्य र थापाबीच राम्रै हेलमेल भएकाले बैंकमा चेक नहुँदासमेत मौखिक रुपमा रकम निकाल्ने काम गरिएको बैंक मेनेजर बताउँछन् ।

यो अवस्थालाई गहिरिएर नियाल्ने हो भने एकागाउँका कर्मचारी बैंकमा हुनु ग्राहकको खाताको गोपनियता नहुनु जस्तो देखिन्छ । त्यसैले यो घटनाबाट पाठ सिक्ने हो भने बैंक मा एकाजिल्लाका कर्मचारी राखिनु हुँदैन । एकैजिल्ला वा गाउँका कर्मचारी भए भने आपसी चियोचर्चाेमा खाताको पैसा सुरक्षित नहुन सक्दछ ।

त्यसो त दैलेख जिल्ला बैंकाट अर्का नामको खाताबाट रकम झिक्या यो पहिलो घटना भने हैन । यसअघि अल्लि धेरै बर्ष पहिला चेक नै सच्याएर अर्का खाताट रकम झिक्या भन्ने घटनाले निकै चर्चा पाथ्यो र त्यो घटना नी राष्ट्रिय बाणिज्य बैंकाबाट नै भाथ्यो । हुन त त्यसबेला निजि लगानीका बैंकहरु थिएनन् ।

आचार्यले आफ्नो रकम कसले झिक्यो र खायो भन्ने कुरा कानुनी रुपमा प्रमाणित भा देख्न पाउँछन् या पाउन्नन् । वा उनले पुलिससित कति पापड बेल्नुपर्ने हो । त्यो आफ्नै ठाउँमा छ । तर बैंक ऐनअनुसारको कसुर गरेको प्रमाणित भएमा पनि रु एक लाखदेखि १० लाखसम्म रकम हिनामिना गरेमा एक बर्षमात्रै सजाय हुने देखिएकोले पनि यो सजाय अत्यन्त कम देखिन्छ ।

बेलाबखतमा देखिने यस्ता घटनाले मानिसमा बैंकप्रति रहेको विश्वास त कम गराएको नै छभने अर्काेतिर जनताको सम्पतिको सुरक्षा नहुनेसमेत देखिएको छ । बैंकमा राखिएको रकम यसरी हिनामिना गरेमा सम्बन्धित ब्यक्तिबाट दोब्बर असुल उपरगरी जेल सजायसमेत हुने कडा ब्यबस्था नभएसम्म यस्ता घटना घटिनै रहनेछन् । के सम्बन्धित निकायले यसतर्फ गम्भीर ध्यान दिएर ब्यक्तिगत सम्पतिको बलियो सुरक्षा गर्न सक्ला ?

वेदर्षि

तपाईको प्रतिक्रिया