प्रभावितलाई फकाउँदै प्रदेश सरकार, प्याकेजमा सहमति खोज्दै स्थानीय

सुर्खेत । सुर्खेत विमानस्थल विस्तार गर्दा प्याकेजमै पुनस्र्थापनाको ग्यारेन्टी गरिनुपर्ने स्थानीयले अडान दोहो¥याएका छन् । विहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग प्रभावित क्षेत्रका स्थानीले प्याकेजमै पुनस्र्थापनाको ग्यारेन्टी गरिनुपर्ने अडान दोहो¥याएका हुन् ।

मुख्यमन्त्रीसँगको छलफलमा सहभागी मध्ये ५० प्रतिशत नागरिकले तत्काल काम अगाडि बढाउनुपर्ने, २५ प्रतिशतले पुनस्र्थापनको ग्यारेन्टी भएपछि मात्रै विस्तार गर्नुपर्ने र २५ प्रशितले विस्तारको विकल्प खोज्नुपर्ने बताए ।

‘विमानस्थल विस्तार गर्ने योजना ल्याएको ६ महिना वित्यो, तर हालसम्म हाम्रो पुनस्र्थापनाको ग्यारेन्टी भएको छैन’ सुर्खेत विमानस्थल प्रभावित क्षेत्र सरोकार समितिका संयोजक टिकाराम आचार्यले भने, ‘अब प्याकेजमै पुनस्र्थापनाको ग्यारेन्टी भएमात्रै आयोजना अगाडि बढ्छ ।’

विमानस्थल विस्तार गर्नुअघि सरकारले प्रभावित क्षेत्रका स्थानीयलाई न्यायोचित मुआब्वा वितरण, प्रभावित सबैलाई एकै स्थानमा पुनस्र्थापना, अमरज्योति माध्यमिक विद्यालय, अमरदीप क्याम्पस लगायतका सरकारी भौतिक संरचना पुनस्र्थापनाको ग्यारेन्टी लिनुपर्ने उनको अडान छ ।

तर भौतिक संरचनासहित सामूहिक पुनस्र्थापनाको ग्यारेन्टी नहुँदासम्म आयोजना अगाडि बढन् नसक्ने आचार्यले अडान दोहो¥याए । यस्तै वीरेन्द्रनगर–१२ का वडा अध्यक्ष लोकप्रसाद चालिसेले न्यायोजित र प्याकेजमै पुनस्र्थापनाको ग्यारेन्टी नहुँदासम्म आयोजना अगाडि नबढाउन सुझाव दिए । ‘जनतालाई सुकुम्वासी बनाएर विकास हुन सक्दैन’ चालिसेले भने, ‘न्यायोजित र प्याकेजमै पुनस्र्थापनाको ग्यारेन्टी भएमात्रै आयोजना अगाडि बढ्छ ।’ स्थानीयको भावना विपरित विकास गर्न नहुने उनको अडान थियो ।

यसअघि पनि विमानस्थल विस्तार गर्दा नागरिकले पटक–पटक धोका पाएको भन्दै चालेसेले यसपालि भने पुनस्र्थापनाको ग्यारेन्टी अनिवार्य लिनुपर्ने बताए । यस्तै अमरज्योति माविका प्रधानाध्यापक खगेन्द्र थापाले जनताले रोजेकै स्थान र अहिलेको विद्यालयको भौतिक संरचना निर्माण गरेमात्रै आयोजना अगाडि बढने उल्लेख गरे ।

‘विमानस्थल विस्तार गर्दा जनताले रोजेकै स्थानमा अहिलेको जस्तै संरचना निर्माण हुनुपर्छ’ थापाले भने, ‘होइन भने तीन हजार विद्यार्थीको भविष्य अन्यौलमा पारेर विकास गर्नुको कुनै अर्थ छैन ।’ विमानस्थल विस्तार अगाडि बढाउने उद्देश्यले प्रदेश सरकारले प्रभावित क्षेत्रका स्थानीय र सरोकारवाला निकायबीच छलफल गरेका थिए ।

तर छफलफलमा स्थानीयले पुरानै अडान दोहो¥याएपछि निकास निस्किएको छैन । छलफलपछि मुख्यमन्त्रीले स्थानीयलाई मागहरु लिखित रुपमै ल्याउन आग्रह गरेका छन् ।


अब उत्तरतर्फ पाँचसय मिटर मात्र अधिग्रहण हुने

सुर्खेत विमानस्थल विस्तार गर्दा अब धावनमार्गको उत्तरतर्फ मात्रै अधिग्रहण हुने भएको छ । प्राधिकरणले तयार पारेको नक्साङ्कन अनुसार उत्तरतर्फ अर्थात नेवार स्कुलतर्फ पाँचसय मिटर क्षेत्रको जग्गा अधिग्रहण गर्नुपर्ने उल्लेख छ । प्राधिकरणले स्थानीयलाई उपलब्ध गराएको नक्साङ्नमा उत्तरतर्फ मात्रै विस्तार गर्ने भनिएको छ ।

यसअघि प्राधिकरणले विस्तारका लागि कुनै पनि नक्सा सार्वजनिक गरेको थिएन । विमानस्थल विस्तारका लागि चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ५० करोड र संघीय सरकारले ५१ करोड बजेट छुट्याएका छन् । धावनमार्ग विस्तारका लागि गत असोज १५ गते संघ र प्रदेशबीच सम्झौता भइसकेको छ ।

विमानस्थल विस्तारका लागि केन्द्र सरकारले ३० विगाह क्षेत्रफल अधिग्रहण गर्न अनुमति दिइसकेको छ । २०२३ सालमा निर्माण भएको सुर्खेत विमानस्थलको धावनमार्ग हाल एक हजार दुईसय ५५ मिटर छ । यसलाई विस्तार गरेर एक हजार पाँचसय ५५ मिटर विस्तार गरिने छ । धावनमार्ग विस्तार भएको खण्डमा साना तथा ठूला जहाज पनि उडान तथा अवतरण गर्न सकिने र भाडादर सस्तो हुनेछ ।

एकसय ७१ घर विस्थापित हुने

सुर्खेत विमानस्थल विस्तार गर्दा एकसय ७१ घरधुरी विस्थापित हुने भएका छन् । नागरिक उड्डयन प्राधिकरणको प्रारम्भीक तथ्याङ्क अनुसार धावनमार्ग विस्तारका लासिग पाँचसय मिटर लम्बाईमा जग्गा अधिग्रहण गर्दा एकसय ७१ घरधुरी विस्थापित हुने देखिएको हो ।

यद्यपी अन्तिम सर्भेपछि मात्रै कति घरधुरी विस्थापित हुनुपर्छ भन्नेर टुङ्गो लाग्ने छ । स्थानीयको विरोधका कारण अन्तिम सर्भे हुन पाएको छैन । अन्तिम सर्भे भएपनि दुईसय घरधुरीभन्दा बढी विस्थापित नहुने सुर्खेत विमानस्थल कार्यालयको अनुमान छ ।

‘हटलाइनभित्रै पुनस्र्थापना गर्छाैं’

कर्णाली प्रदेश सरकारले भने विमानस्थल विस्तार गर्दा विस्थापित हुने स्थानीयहरुलाई वीरेन्द्रनगरको हटलाइन क्षेत्रभित्रै पुनस्र्थापना गरिने जनाएको छ । ‘विमानस्थल विस्तार गर्दा कोही पनि नागरिक विस्थापिन हुनु पर्दैन, हटलाइन क्षेत्रभित्रै पुनस्र्थापना गर्छाै’ मुख्यमन्त्री शाहीले भने, ‘सुर्खेत विमानस्थल विस्तार कर्णालीवासीको आवश्यकता हो, सरकारलाई सहयोग गर्नाेस् ।’

मुख्यमन्त्री शाहीले प्रभावितहरुलाई वीरेन्द्रनगरको हटलाइन क्षेत्रभित्र पुनस्र्थापना गरिने बताए । उनले खोर्के खोलावारी, ईत्रामपारी वा कालुङ्गचोकभित्र कुनै पनि ठाउँमा सामूहिक रुपमा पुनस्र्थापनाका लागि पहल गर्ने पनि बताए । हटलाइन क्षेत्रभित्र पुनस्र्थापनाका लागि नगर विकास समिति, स्थानीय सरकारसँग छलफलका लागि प्रदेश सरकार अग्रसर हुने उनले उल्लेख गरे ।

यदि तोकिएको क्षेत्रभित्र बस्न नचाहने स्थानीयलाई भने उचित मुआब्जा दिने समेत प्रतिबद्धता जनाए । यस्तै नागरिक उड्डयन कार्यालय सुर्खेत प्रमुख उमेरकुमार पन्थीले पनि विमानस्थल विस्तारका लागि स्थानीयले सहयोग गर्नुपर्ने बताए । विस्तारको विरोध नभई विकासबाट हुने लाभ लिन स्थानीयलाई आग्रह गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार