अन्डरवर्ल्ड डन छोटा राजनलाई कोरोना संक्रमण

एजेन्सी । अन्डरवर्ल्ड डन राजेन्द्र निकलजे अर्थात् छोटा राजन कोरोना संक्रमित भएका छन् । राजन कोरोना संक्रमित भएपनि उपचारका लागि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन्।

​ तिहाड जेलका अधिकारीहरुले उनी अस्पताल भर्ना भएको जानकारी दिँदै स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् ।

उनी २०१५ मा इन्डोनेसियाको बालीमा गिरफ्तार भएर भारत सुपुर्दगी भएदेखि नै तिहाड जेलमा छन्। मुम्बईमा उनीविरुद्धका मुद्दा सीबीआईमा स्थानान्तरित गरेर मुद्दा चलाउन विशेष अदालत गठन गरिएको छ।

तपाईको प्रतिक्रिया