फुटसलको मुख्य प्रशिक्षकमा गौरव बस्नेत

नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई ६ महिनाको लागि मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेकाे हाे।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले मंगलबार बस्नेतलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । बस्नेतलाई एन्फाको फुटसल समितिले उक्त पदका लागि सिफारिस गरेको थियो।

एएफसी-एन्फा ए लाइसेन्स पुरा गरेका बस्नेतले यसअघि राष्ट्रिय फुटसल टिमको सहायक प्रशिक्षकका रुपमा काम गरिसकेका छन्।

‘यो जिम्मेवारी पाउँदा म खुसी छु र मेरो प्राथमिक उद्देश्य नेपाली फुटसलको स्तरमा सुधार गर्नु हुनेछ,’नियुक्त भएपछि बस्नेतले भने। बस्नेतले सन् २०२२ मा हुने एएफसी फुटसलको एसियाली छनौटका लागि अक्टोबरमा हुने खेलमा पदभार लिनेछन्।

तपाईको प्रतिक्रिया