ईश्वरी बरालको नयाँ गीत ‘खानदानी छोरी’

काठमाडौं : गायिका ईश्वरी बरालको नयाँ गीत खानदानी छोरीको टीजर सार्वजनिक भएको  छ । गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को र्‍याप रहेको छ ।

भट्टको नै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङग विकले लेखेका हुन्। गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन् । प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन् भने मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका छन्  ।

चोभारमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय रहेको छ। म्युजिक भिडियोमा र्‍यापर भट्टको अभिनय पनि देख्न पाइनेछ ।


इक्षिता, बिक्षिताको यो डेब्यु म्युजिक भिडियो हो। भिडियोलाई सान थापाले निर्देशन गरेका छन्। गीतको पुरै भिडियो भने केहि दिनमा सार्वजनिक हुनेछ। गायिका बरालको यसअघि सार्वजनिक भएको नरिसाउन होइ गीत चर्चामा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार