क्लोई चाउको ‘नोम्याडल्यान्ड’ले जित्यो ओस्कार अवार्ड

एजेन्सी । क्लोई चाउ निर्देशित ‘नोम्याडल्यान्ड’ले यो वर्षको ओस्कार अवार्ड जितेको छ। चाउले नै निर्देशकतर्फको अवार्ड पनि उचालेकी छिन् ।

यो विधामा अवार्ड जित्ने उनी पहिलो महिला हुन् । यो विधामा अवार्ड जित्ने उनी दोस्रो महिला निर्देशक हुन् । ‘नोम्याडल्यान्ड’मा चाउले अमेरिकाको महामन्दीमा आफ्नो सम्पूर्ण कुरा गुमाएकी ६० वर्षीया महिलाको कथा समेटेकी छन् ।

यो फिल्मले यसअघि गोल्डेन ग्लोब, बाफ्टा र निर्देशकको गिल्डबाट अवार्ड जितिसकेको छ। यसअघि ओस्कारमा हर्टलकरुबाट क्याथ्रिन विगेलोले निर्देशकको अवार्ड जितेकी थिइन् ।

फिल्म २०१७ मा जेसिका ब्रुडरले लेखेको पुस्तकमाथि आधारित रहेर बनेको हो। ‘नोम्याडल्यान्ड’बाट फ्रान्सेस म्याकडोरमेन्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दा ‘द फादर’बाट एन्थनी हप्किन्सको अभिनेतातर्फको अवार्ड उचाले ।

म्याकडोरमेन्डले यो सहित तेस्रोपटक उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन्। यजङ उङले ‘मिनारी’बाट उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड प्राप्त गरिन् भने डेनमार्कको ‘एनोदर राउन्ड’ अन्तर्राष्ट्रिय फिचर फिल्म घोषित भयो ।

तपाईको प्रतिक्रिया