कर्णालीमा पर्वतिय विज्ञान तथा प्रविधि विश्वविद्यालय

सुर्खेत । कर्णाली प्रदेश सरकारले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ । कर्णाली प्रदेशको जैविक विविधताको संरक्षण, सम्बर्धन र पर्वतीय क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न लागिएको हो ।

विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले विश्वविद्यालय स्थापना, व्यवस्थापन, सञ्चालन सम्बन्धी विधेयक प्रदेशसभामा टेबुल गरको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका सामाजिक विकास मन्त्री विमला केसीले विधेयक टेबुल गरेकी हुन् । नेपालको संविधानले प्रदेशस्तरिय विश्वविद्यालयको कानून निर्माण गर्ने अधिकारी प्रदेशलाई दिएको छ ।

तपाईको प्रतिक्रिया