२४ घण्टामा १२ जनाको मृत्यु, ३५ सयभन्दा धेरै संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३ हजार १७६ पुगेको छ। आइतबार २८ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


१२ हजार ४०० नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८९३ एन्टिजेन परीक्षणमा ११४ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा थप ३७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार