कर्णालीमा ८९ जनामा परीक्षण गर्दा ६८ जनालाई कोरोना संक्रमण पुष्टि

सुर्खेत । कर्णाली प्रदेशमा सोमबार ८९ जनामा कोरोना परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशभरका ८९ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनालाई संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

निर्देशनालयका अनुसार जसमध्ये ६० जना नयाँ संक्रमित सुर्खेतका रहेका छन् । त्यस्तै दैलेखका दुईजना, जाजरकोट, कालिकोट र जुम्लाका एक/एकजना र तीनजना अन्य प्रदेशका रहेको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले बताए ।


वीरेन्द्रनगरमा सोमबारसम्म संक्रमितको संख्या ३ सय ३८ पुगिसकेको छ । भने २८ जना कर्णाली प्रदेश अस्पतालमा रहेका छन् । पछिल्लो समय परीक्षण गरिएकामध्ये ८० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले बताए ।

उनका अनुसार पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना संक्रमण तीव्र गतिले बढेको छ । भारतलगायतका मुलुकबाट सर्वसाधारण गाउँ फर्किन थालेपछि संक्रमणको दर पनि बढ्न थालेको हो । कोरोनाको दोस्रो लहर शुरु भएसँगै अन्य जिल्लाको तुलनामा प्रदेश राजधानी वीरेन्द्रनगर क्षेत्र संक्रमणको उच्च जोखिममा छ ।

तपाईको प्रतिक्रिया