१४ गते रातीदेखि सुर्खेतमा लकडाउन, एक सातासम्म आदेश पालना गर्न सुझाब

सुर्खेत । सुर्खेतमा भोली (मंगलबार) रातीदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ।जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

सुर्खेतका प्रमुख जिल्लाअधिकारी छविलाल रिजालका अनुसार समितिको निर्णय अनुसार भोली रातीदेखि सुखेृत जिल्लाभर एक हप्ता निषेधाज्ञा आदेश लागु हुनेछ । कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा आदेश लागू गर्न लागिएको उनले बताए ।

संक्रमणको जोखिम घटाउन तत्काल एक साताका लागि विशेधाज्ञा जारी गरिएकोले सबैले आदेश पालना गर्न प्रशासनको सुझाब छ । हालसम्म सुर्खेतमा मात्रै ३ सय बढी सक्रिय कोरोना संक्रमित विरामी छन्।

तपाईको प्रतिक्रिया