आइतबार मात्रै २८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ। यस अवधिमा ३१ सय २२ जनामा संक्रमण भेटिएको छ ।

यही अवधिमा ४ सय ५० संक्रमणपछि मुक्त भएका छन् । हिजो  मात्र कोरोनाबाट १४ जनाको मृत्यु भएको थियो ।

हाल नेपालमा १९ हजार ३ सय ८२ जना आइसोलेसनमा छन् । मृत्यु हुनेदर बाँकेमा सबैभन्दा धेरै छ । बाँकेमा मात्रै पछिल्लो २४ घण्टाको अवधिमा सात जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया