नगरमै छैन आइसुलेसन कक्ष, काेभिडकाे तयारी शुन्य, स्वास्थ्य शाखा भने तालिममै व्यस्त

दुर्गा विसि 

स्वास्थ्य शाखा यतिबेला काेभिड-१९ काे रणनीतिक याेजनामा जुट्नु पर्ने हाे । भारतबाट आएका नागरिक गाउँमा गाउँ मा धमाधम विरामि पर्न थालेका छन् ।

काेभिडकै कारण भारतबाट आएका बनगाड कुपिण्डेका वडा,३ का ५६ वर्षिय एक नागरिककाे काेहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।भारतबाटै मजदुरि गरि घर फर्केका सल्लिवजारका एक युवामा लक्षण सहितकाे काेराना देखिएको छ ।

विडम्बना यश नगरमा आइसुलेसन नहुदा घरकै आइसुलेसनमा वस्न बाध्य भएका छन् ।  सल्लिवजारका एक व्यापारीमा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएका नागरिक गाउँमा धमाधम विरामि परेको खबर छ । अधिकांसलाइ रुघाखोकी र ज्वरो नै छ । नत उहाँहरुकाे चेकजाँच छ नत कुनै वास्ता देखाएको छ ।

भारतबाट आएका नागरिक १० दिन सम्म हाेम क्वारेन्टाइनमा वस्नुपर्ने हो तर आएकै दिन देखि परिवारकाे सम्पर्क त टाढा जावस खुलमखुला घुमिरहेकाे देखिन्छ ।यश तर्फ स्थानीय सरकार वेखबर छ । हाल भारतबाट आएका नागरिक कति अाए काे विरामि परे भन्ने कुरा नै अताेपत्ताे छैन । यश विषयमा नगर स्वास्थ्य शाखाले चरणवद्द रणनीतिक,काेराेनासँग लडेने याेजना तय गर्नु पर्ने हाे ।


शाखालाइ त्यो नभए नगरका स्वास्थ्यकर्मीलाइ नगरकै हलमा भेला गरि एक महिना देखि तालिम र सेमिनार वनाउनै ठिक्क छ ।जनताको जिउ ज्यानमा यतिखेर स्थानीय तह निकै टड्कारो रुपमा लाग्नुपर्ने हाे ।गत वर्षको यही समयमा बनगाड कुपिण्डे नगरपालिकाले भारतबाट आएका नागरिक व्यवस्थापनमा राम्रो भुमिका खेलेको थियोे । जिल्लाकाे अन्य स्थानीय तह भन्दा बनगाडले राम्रो काम गरेको थियोे ।विडम्बना यसपालि भने कुनै चासो दिन सकिरहेको छैन ।

गतवर्ष भन्दा दोस्रो फेजमा नेपालमा फैलिदै गरेको काेराेनाले जटिल रुप लिन थालेको छ ।छिमेकी जिल्ला नेपागञ्ज बाँकेमा दिनुह मर्नेको संख्या ह्वात्तै वढेकाे छ । साेहि क्षेत्रबाट नागरिक आउने जाने झन वढेकाे छ ।स्थानीय तह भने यतिबेला वेखबर वनेकाे छ । काेराेना संक्रमित विरामि घरमै वसेका छन् । नगरले हालसम्म आइसुलेसन कक्ष तयारी नथालेकाे देखिन्छ । भिडभाड तेतिकै वढेकाे छ ।विद्यालयहरुमा विद्यार्थी एउटै कक्षामा सय वढि राखेर पढाउन परिरहेको छ ।

पढ्ने र पढाउनेहरुका लागि नत मास्क छ,नत सामाजिक दुरि कायम छ । बनगाड कुपिण्डेमा भने अन्य सबै कर्मचारीले भ्याक्सिन पाए तर निकै अन्यायपूर्ण तरवरले हेपिएका शिक्षक कर्मचारीले त्यो भ्याक्सिन लगाउन त के देख्न सम्म पाएनन् । अस्पतालहरुमा नागरिकका लागि प्रयाप्त औसधि छैन । स्वास्थ्य शाखामा महिनौ दिन देखि तालिम र गाेष्ठिमा वजेट सक्ने काम भएको छ ।

अहिलेकाे याे विषम परिस्थितिमा काेभिडबाट अाफ्ना नागरिक वचन र वचाउन सबै जुट्नुपर्ने अवस्थामा निकै हेल्चक्रै वढिरहेकाे छ। तालिम र गाेष्ठि भन्दा काेभिड नियन्त्रण महत्त्वपूर्ण हुने स्थानीयकाे भनाइ रहेको छ ।

बनगाडले काेभिडमा गत वर्ष क्षत्रेश्वरि गाउँपालिबाट भाडामा एम्बुलेन्स ल्याएको थियोे । याे वर्ष भने नगरले खरिद प्रक्रिया सुरु गरेको झण्डै डेढ वर्ष पछि एम्बुलेन्स खरिद त गर्याे तर सञ्चालनमा ल्याएको छैन । कागजात मिलाउन बाँकी नै रहेकोले उक्त एम्बुलेन्स सञ्चालनमा आएको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार