घुँयत्राे : ओलीबा फेरि के गर्न लाग्नु भो के ! विचरा नेपालका २७ सांसदको जागिर खाइदिन लाग्नु भो भन्ने बजार हल्ला छ त ।

ओलीबा फेरि के गर्न लाग्नु भो के ! विचरा माधव नेपालका २७ जना सांसदको जागिर खाइदिन लाग्नु भो भन्ने बजार हल्ला छ त । तपाइँ त यो पटक पूरा आदमखोर बाघ हुनु भाछ भन्छन् तपाइँका कार्यकर्ताहरु ।

हिटलर र दादाइदिअमिनलाई नै विर्साउने खालका काम गर्न लाग्नु भा छ । पार्टीका कार्यकर्ता जतिलाई भक्काभक कारबाही गर्ने अनि पार्टीयाँ नेतै को बाँकी रहने हुन के ? कि त अब उनै दिपक मनाङ्गे, रेशम चौधरी जस्ता मान्छेलाई मात्रै पार्टीयाँ राखेर आँफू सँधैभर कमिनिष्ट पार्टीको नेता भएर बस्ने सोच त बनाउनु भा होइन ? तपाइँको स्टायल हेर्दा त न देश बन्छ, न पार्टी बन्छ जस्तो पो देख्खियो त ।

e

दुई बर्षदेखि एक भा पार्टीलाई २ भागाँ बाँडेर विरोधि जतिलाई सके मास्ने, नसके धकेलेर भित्तैमा पु¥याउने तपाइँको ब्यवहारले त रुसी राष्टपति पुटिनले विपक्षी दलको नेता जे वाल्नीलाई ग¥या ब्यवहारको झल्को पो दिलाउन लायो त ।

हुन पनि विचरा सँगैका राजनीतिक सहयात्री झलनाथ र माधव नेपाललाई पार्टीयाँ कुनै योगदान नभएझैँ गरि किक आउट गरेर अर्को पार्टी खोल, मेरो पार्टीयाँ बस्न पाउन्नस् भनेर लखेट्या लखेट्यै गरेछि विचरा माधव ऐले पुन्पुराँ हात लाएर रुने अवस्थाँ पुग्या छन् ।

थोडा बहुत भाका माननीयलाई नी डरधाक धम्की लोभलालच देखाएर आँफूतिर लैजाने अनि ती बूढाभाका आफ्नै दौँतरीलाई घिच्च्याएर पठाउने गरेछि न त कार्यकर्ता उभो लाग्छन, न त नेता । जब पार्टीयाँ काम गर्ने जनशक्तिलाई नै उत्साह र जाँगर नचल्ने अवस्था श्रृजना गर्ने हो भने पार्टी कसरी बलियो होला ।

ओलीबाले आँफू सत्ताँ टिकिराख्ना लागि नेपालको राजनीतिलाई जसरी घुमाइ राख्नुभा छ, कुनैदिन त्यो विच्किहाल्यो भने तपाइँको घाँटियाँ पानी हाल्ने कार्यकर्ता नी भेट्टिने छैनन् । त्यो बेलाँ पूराना साथी सम्झीँदै रुँदै गर्ने त होला नी हैन र ? बरु तपाइँको यो पार्टीका नेता तह लाउने अभियान कैलेसम्म चल्ने हो र ? सरकारले गर्ने काम गर्नुहुने हो कुन्नि ? हामी जनता त कैले कोरोना खोप ल्याउनु होला र बाँचिने होला भन्ने आशा लाएर पो बस्या छम त ।

वेदर्षि

तपाईको प्रतिक्रिया