बगदादको कोरोना अस्पतालमा आगलागी, २३ जनाको मृत्यु

एजेन्सी । इराकको राजधानी बगदादस्थित कोभिड–१९ अस्पतालमा आगलागी हुँदा लाग्दा २३ जनाको मृत्यु भएको छ ।

अक्सिजन भण्डारणमा गरेको गल्तीका कारण अस्पतालको आईसीयू कक्षबाट आगलागी सुरु भएको थियो। इब्नअल–खतीब अस्पतालमा लागेको आगलागीमा परेका १२० जना बिरामी र ९० जना आफन्तलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ ।


अस्पतालमा रहेको अक्सिजनको ट्यांक विस्फोट भएपछि आगो लागेको हो। सामाजिक संजालमा राखिएका भिडियोहरूमा अग्निनियन्त्रकहरू आगो निभाउन संघर्ष गरिरहेको देख्न सकिन्छ भने अस्पतालभित्र रहेका अन्य मानिसहरू आगोबाट बच्न हतारिँदै भागिरहेका छन् ।

इराकका प्रधानमन्त्री मुस्तफा अल-काधिमीले भने आगलागीको घटना दुःखद भएको बताउँदै घटनाको कारणबारे तत्काल अनुसन्धान गर्न निर्देशन दिएका छन् । इराकमा कोरोनाका संक्रमितको संख्या १० लाख भन्दा बढी छ। हालसम्म इराकमा १५ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार