विश्वमा एकै दिन थपिए ८ लाख १७ हजार कोरोना संक्रमित‚ १३ हजारभन्दा बढीको मृत्यु

एजेन्सी । विश्वभर एकै दिन ८ लाख १७ हजार कोरोना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै भारतमा ३ लाख ४९ हजार ३ सय १३ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २७ सयभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा ७० हजार, अमेरिकामा ५२ हजार, फ्रान्समा ३२ हजार, टर्कीमा ४० हजार, इटलीमा १३ हजार र जमर्नीमा १५ हजार संक्रमित थपिएका छन् ।

सोही अवधिमा विश्वमा १३ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै ब्राजिलका छन्। त्यहाँ २ हजार ९८६ जनाको मृत्यु भएको छ। यस्तै‚ अमेरिकामा ७३७, फ्रान्समा २१७, रूसमा ४००, टर्कीमा ३३९, इटलीमा ३२२ संक्रमितको मृत्यु भएको छ ।

विश्वभर हालसम्म १४ करोड ७० लाख ३९ हजार ७८० मानिस संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ३१ लाख १२ हजार २९१ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया